२०८३ बैशाख ६ गते , आईतबार

नेल्टा झापाको भित्तेपात्रो विमोचन तथा अनुभव आदानप्रदान सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख २० गते , विहीबार
नेल्टा झापाको भित्तेपात्रो विमोचन तथा अनुभव आदानप्रदान सम्पन्न

बिर्तामोड । नेपाल इङ्गलिस ल्याङ्वेज टिचर्स एसोसिएसन (नेल्टा) झापाले भित्तेपात्रो विमोचन गर्नुका साथै अनुभव आदान प्रदान गरेको छ ।
बुधबार बिर्तामोडस्थित कोहेड कलेजमा आयोजित एक कार्यक्रमका बिच नेल्टा झापाले पहिलो पटक भित्तेपात्रो विमोचन गरेको हो । 
कार्यक्रममा फुलब्राइट छात्रवृत्तिमा बेलायत र अमेरिका गएर आएका कनकाई क्याम्पसका प्राध्यापक रुद्रबहादुर थापाले आफ्ना अनुभव सुनाएका थिए ।
कार्यक्रममा नेल्टाका केन्द्रीय सदस्य तथा कोशीका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराई, इक्यान झापाका अध्यक्ष रोशन सुवेदी, विभिन्न विद्यालय तथा संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीहरूलाई सदस्य दीपक वाग्लेले स्वागत गरेका थिए भने सहसचिव संगिता बस्नेतले सञ्चालन गरेकी थिइन् । 

सम्बन्धित समाचार