२०८३ बैशाख ५ गते , शनिबार

जिउँदै इटाभट्टामा मान्छे जलाएको घटनामा कांग्रेस नेता आलमलाई जन्मकैदको फैसला

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १४ गते , शुक्रबार
जिउँदै इटाभट्टामा मान्छे जलाएको घटनामा कांग्रेस नेता आलमलाई जन्मकैदको फैसला

रौतहट । जिल्ला अदालत रौतहटले २०६४ साल चैतमा जिउँदै इटाभट्टामा मान्छे जलाएको घटनामा दोषी ठहर गर्दै नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, उनका भाइ महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।
त्यस्तै मुक्ति साहले सफाइ पाएका छन् भने मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकार फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार ढोडारीले जानकारी दिए ।

सम्बन्धित समाचार