२०८३ बैशाख ६ गते , आईतबार

आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छाप्दै जनक शिक्षा

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख ६ गते , विहीबार
आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छाप्दै जनक शिक्षा

झापा यस वर्ष शैक्षिक सत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक छापेर बिक्रीवितरण गरिसकेको जनक शिक्षा सामग्री केन्द्रले ०८२ का लागि समेत पुस्तक छाप्न थालेको पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति लिएर बुधबारदेखि जनक शिक्षाले आगामी शैक्षिक सत्रका लागि पाँचदेखि १० कक्षासम्मको पाठ्यपुस्तक छाप्न थालेको हो

पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रमा कुनै पनि पाठ्यपुस्तक परिमार्जन नहुने जनाएको जनक शिक्षाको भनाइ शैक्षिक सत्र ०७९ अघिसम्म कक्षा सञ्चालन भइसक्दासमेत पाठ्यपुस्तक छपाइ सकिँदैन थियो जसका कारण जनक शिक्षाको आलोचना हुने गरेको थियो तर, शैक्षिक सत्र ०७९ यता भने समयमै पाठ्यपुस्तक छपाइ वितरण भइरहेको अझ एक वर्षअघि नै पुस्तक छापेर राखिँदा विगतमा जस्तो पाठ्यपुस्तक अभावको समस्या अब सुन्नु नपर्ने जनक शिक्षाको दाबी जनक शिक्षाका अनुसार पहिलो चरणमा पाँचदेखि १० कक्षासम्मका पाठ्यपुस्तक छपाइ गरिनेछ यसपछि तल्ला तहका पाठ्यपुस्तक छापिनेछन्

पहिले नै पाठ्यपुस्तक छापेर राख्दा अर्को वर्ष थप छिटो ढुवानी गर्न सकिने जनक शिक्षाको दाबी इतिहासमै पहिलोपटक अर्को वर्षको लागिसमेत एक वर्षअघिदेखि नै पुस्तक छाप्न थालेका छौँ,’ जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिल झाले भने, ‘हामीसँग भएको बजेटले अहिले पुस्तक छाप्छौँ, बिक्रीवितरण ढुवानी गर्ने वेलामा स्थानीय तह पाठ्यक्रम विकास केन्द्रसँग बजेट लिन्छौँ उनले अग्रिम रूपमा पाठ्यपुस्तक छपाइ गर्दा विद्यार्थी अभिभावकमा सकारात्मक सन्देश पुग्ने पठनपाठनमा पनि राम्रो प्रभाव पार्ने बताए

०८२ मा पाठ्यपुस्तक परिमार्जन नहुने

पाठ्यक्रम विकास केन्द्रले ०८२ मा पाठ्यपुस्तक परिमार्जन नगर्ने जानकारी दिएपछि जनक शिक्षाले पुस्तक छाप्न थालेको हो आगामी वर्षका लागि एक करोड ७० लाख थान पाठ्यपुस्तक छापेर राख्ने जनक शिक्षाको योजना अहिले यसमा जनक शिक्षाकै लगानी पर्ने भए पनि पुस्तक प्रयोगमा आउने वेलामा लगानी उठ्ने केन्द्रको भनाइ केन्द्रले दैनिक करिब दुई लाख थान पुस्तक छाप्न सक्छ

यस वर्षका लागि जनक शिक्षाले माघदेखि नै पाठ्यपुस्तक छपाइ थालेको थियो भने २९ चैतमै वितरण सकेको थियो केन्द्रले आउँदै गरेको उपनिर्वाचनका लागि चाहिने सबैखाले सामग्री पनि छापिसकेको जनाएको मुख्यतः सरकारी ठूलो परिमाणमा सामग्री छाप्नुपरे जनक शिक्षाले नै छाप्छ

यस वर्षको मुख्य छपाइ सकिएपछि छापाखाना कर्मचारी खाली हुने भएकाले पनि आगामी वर्षका लागि पाठ्यपुस्तक छपाइ गर्न थालिएको प्रबन्ध सञ्चालक अनिल झाले बताए केन्द्रले पुस्तक छपाइको लागि कागज, मसीलगायत कच्चा पदार्थ पनि मौज्दात राखेको आगामी वर्षका लागि कक्षा देखि १० सम्म पाठ्यपुस्तक छपाइ गर्न एक अर्ब ७० करोड रुपैयाँ खर्च लाग्ने केन्द्रको अनुमान

चालू शैक्षिक सत्रका लागि केन्द्रले एक करोड २० लाख थान पुस्तक छापेको थियो गत वर्ष ०७९ मा एक करोड ३३ लाख थान पुस्तक छापेको थियो तर, केन्द्रले मौज्दातसमेत रहने गरी आगामी वर्षका लागि एक करोड ७० लाख थान पुस्तक छाप्न थालेको हो देशभर २७ हजार नौ सय ९० सामुदायिक विद्यालय छन् यहाँ अध्ययन गर्ने विद्यार्थीलाई सरकारले स्थानीय तहमार्फत निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै आएको

सम्बन्धित समाचार