२०८३ बैशाख ५ गते , शनिबार

शिक्षामन्त्रीले मागिन् शिक्षक सरुवा मापदण्डका लागि सुझाव

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख २ गते , आईतबार
शिक्षामन्त्रीले मागिन् शिक्षक सरुवा मापदण्डका लागि सुझाव

झापा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक सरुवा मापदण्डका लागि सुझाव माग गरेकी छन् जिल्लान्तर शिक्षक सरुवा स्थगित गरेको शिक्षा मन्त्रालयले त्यसका लागि शिक्षक सरुवा मापदण्ड बनाउँदै शिक्षामन्त्री श्रेष्ठले प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाहरूसँग छलफल गरेर सुझाव माग गरेकी हुन्

पहिलो चरणमा २०८० चैत ३० गते सातवटै प्रदेशका १३ जना प्रतिनिधि प्रधानाध्यापकहरूसँग अनलाइनमार्फत संवाद गरेकी थिइन् प्रधानाध्यापकहरूले शिक्षक सरुवा मापदण्डसँगै विद्यालय सञ्चालन तथा व्यवस्थापन मापदण्डका विषयमा सुझाव दिएका थिए

त्यस्तै आज विभिन्न प्रदेशका शिक्षकहरूसँग सुझाव माग गरेकी छन् विभिन्न प्रदेश समुदायका १३ जना प्रतिनिधि शिक्षकहरूसँग शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत सुझाव माग गरेकी हुन्

केन्द्रले सुझावहरूको अभिलेख गर्दै शिक्षक सरुवाको मापदण्ड बनाइरहेको केन्द्रका महानिर्देशक दीपक शर्माले बताए पारदर्शी नीति निर्माण सहभागितामूलक नेतृत्वका लागि सबै सरोकारवालासँग छलफल गरेर मात्रै मापदण्ड मस्यौदा गर्ने शिक्षामन्त्री श्रेष्ठले प्रतिबद्धता जनाएकी छन्

जिल्लान्तर सरुवा बाह्रै महिना हुने व्यवस्थालाई शैक्षिक सत्रसँग मिलान हुने गरी वर्षको एक पटक मात्रै गर्नुपर्ने सुझाव दिएका छन् शिक्षक पदपूर्तिका लागि दरबन्दी लुकाएर विज्ञापन नपठाउनेलाई कारबाहीको प्रावधान राख्नुपर्ने, शिक्षकलाई पायक पर्ने स्वार्थको द्वन्द्व नहुने ठाउँमा मात्रै सरुवा गर्नुपर्ने लगायतका सुझाव शिक्षकहरूले दिएका छन्

सम्बन्धित समाचार