२०८३ बैशाख ६ गते , आईतबार

एसीसी प्रिमियर कप : आज नेपाल र कतारबिच खेल हुँदै

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १ गते , शनिबार
एसीसी प्रिमियर कप : आज नेपाल र कतारबिच खेल हुँदै

झापा ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले आज कतारको सामना गर्दै खेल नेपाली समयअनुसार, अपरान्ह ४:१५ बजे सुरु हुनेछ प्रिमियर कपको दोस्रो संस्करणमा नेपालको यो दोस्रो खेल हो

जारी प्रतियोगितामा नेपाली टोली लगातार दोस्रो जितको खोजीमा यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो नेपाल प्रतियोगिताको साविक विजेता पनि हो

प्रतियोगिताको पहिलो दिन शुक्रबार नै खेलिएको अर्को खेलमा भने हङकङले कतारलाई २६ रनले हराएको थियो समूह मा दुई अंकसहित हङकङ पहिलो समान अंक बटुलेको नेपाल दोस्रो स्थानमा आसिन छन् नेट रन रेटमा नेपालभन्दा हङकङ अगाडि

हालसम्म एक खेल पनि नखेलेको साउदी अरेबिया तालिकाको तेस्रो स्थानमा पहिलो खेलमै पराजित भएका मलेसिया कतार क्रमशः चौथो पाँचौँ स्थानमा आसिन छन् शनिबारको दोस्रो खेल साउदी अरेबिया मलेसियाबिच खेलिँदै

समूहबी अन्तर्गतको खेलमा भने पहिलो दिन आयोजक ओमानले बहराइनमाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको थियो अर्को खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले कुवेतलाई सात विकेटले हराएको थियो समूहबी मा शनिबार कम्बोडियाले कुवेत बहराइनले यूएईको सामना गर्दै छन्

वैशाख गतेसम्म चल्ने प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको प्रिमियर कपको पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो

सम्बन्धित समाचार