२०८३ बैशाख ६ गते , आईतबार
केसी र रिजाल त्रिविको रेक्टर र रजिष्ट्रारमा नियुक्त
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् ।
त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष यी नाम सिफारिस गरेका थिए । त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति (प्रधानमन्त्री)ले नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।