२०८३ बैशाख ६ गते , आईतबार

दमकमा प्रवीण योगीको अध्यक्षतामा अखिल क्रान्तिकारीको कमिटी गठन

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २६ गते , सोमबार
दमकमा प्रवीण योगीको अध्यक्षतामा अखिल क्रान्तिकारीको कमिटी गठन

दमक अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को दमक क्याम्पसको १०औं इकाइ सम्मेलन सम्पन्न भएको आइतबार प्रवीण योगीको अध्यक्षतामा ४५ सदस्यीय इकाइ कमिटी गठन गर्दै सम्मेलन सम्पन्न भएको हो

कमिटीको उपाध्यक्षमा मनिस बुढाथोकी, सिसम्पा गुरुङ, सागर थापा चयन भएका छन् सचिव प्रवीण कार्की, सहसचिव सबिना उप्रेती, अनिस बिस्ट, रेगन दुतराज कोषाध्यक्षमा प्रयुसा राई चयन भएका छन् इकाइ इन्चार्ज भिस्महाङ सम्बाहाम्फे (आसिस) चयन भएको अखिल क्रान्तिकारी झापाका अध्यक्ष रञ्जन धमलाले जानकारी दिए

सम्मेलनको अवसरमा कक्षा १२ का विद्यार्थीलाई बिदाइ साथै विभिन्न साँस्कृतिक नृत्य तथा गायन कार्यक्रम आयोजना गरिएकोे विद्यार्थी फ्याक्सन इन्चार्ज उमेश खनालले जानकारी दिए

नवनिर्वाचित इकाइ कमिटीले क्याम्पस प्रमुख यज्ञराज गिरी (राम) सँग भेटघाट गरि विद्यार्थीको हकहितका लागि सदैव अघि बढ्ने क्याम्पसको गरिमालाइ उच्च राख्न अखिल क्रान्तिकारीको पुर्ण सहयोग रहने बिषयमा छलफल गरिएको इकाइ कोषाध्यक्ष प्रयुसा राइले बताइन्

कार्यक्रममा जिल्ला अध्यक्ष रन्जन धमला, नगर अध्यक्ष रवि बस्नेत, प्राध्यापक राधिका ओझा, प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङ लगायतले आफ्नो धारणा तथा शुभकामना मन्तव्य राखेका थिए

कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष नविन सिटौला, सचिव राजन चापागाईं, प्रेस चौतारी नेपाल झापा अध्यक्ष मन कुमार गदाललगायत उपस्थित थिए

इकाइ संयोजक लक्ष्मी नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रम रेगन दुतराजले सञ्चालन गरेका थिए

 

सम्बन्धित समाचार