२०८३ बैशाख ६ गते , आईतबार

विद्यालय तहकै विद्यार्थी तथ्याङ्क सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २४ गते , शनिबार
विद्यालय तहकै विद्यार्थी तथ्याङ्क सार्वजनिक

काठमाण्डौ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको तथ्याङ्क विश्लेषण गर्न मिल्नेगरी सार्वजनिक गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत विद्यालय तहको तथ्याङ्क विश्लेषण गर्न मिल्नेगरी तथ्याङ्क सार्वजनिक गरिएको हो

शिक्षामन्त्री सुमना श्रेष्ठले वेबसाइटमार्फत राखिएको तथ्यांकलाई अनुसन्धाकर्ताहरूले विश्लेषण गर्न सकिने बताइन् त्यसका लागि उनले विज्ञ तथा विश्लेषकहरूलाई आह्वान समेत गरेकी छन्

यसअघिसम्म पालिकास्तरसम्मको तथ्याङ्क राख्ने गरिएको थियो मन्त्री श्रेष्ठले एक महिने कार्य प्रगति सार्वजनिक गर्दै विद्यालय तहकै तथ्याङ्क राखिएको नियमित अपडेट हुने बताइन्

प्लेग्रुपदेखि कक्षा १२ सम्मकै तथ्याङ्क राखिएको हो प्रत्येक विद्यालयमा कति विद्यार्थी रहेको भन्ने जानकारी राखिएको हरेक समय विद्यालयतहबाटै उक्त अपडेट गर्ने व्यवस्था समेत मिलाइएको उनको भनाइ

सम्बन्धित समाचार