२०८३ बैशाख ६ गते , आईतबार

अभिभावकहरूको विश्वास जित्दै दिल्ली पब्लिक स्कुल

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २१ गते , बुधबार
अभिभावकहरूको विश्वास जित्दै दिल्ली पब्लिक स्कुल

बिर्तामोड भारतको पश्चिम बङ्गालस्थित फूलबारीमा अवस्थित दिल्ली पब्लिक स्कुलले अभिभावकहरूको मन जितिरहेको स्थापनाको छोटो अवधिमा नै विद्यालयले अभिभावकहरूको विश्वास मन जितिरहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो
सन् २०१८ मा फुलबारीमा स्थापना भएको दिल्ली पब्लिक स्कुलको तेस्रो शाखाले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको विद्यालयका शिक्षक सुभाष क्षेत्रीले जानकारी दिए यस विद्यालयमा दार्जिलिङ, सिक्किम, बङ्गलादेश, भुटान तथा नेपालका विद्यार्थीहरू अध्ययनरत रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो गुणस्तरीय शिक्षाका लागि भारतका टाढा टाढाका स्थानहरूमा गइरहेका नेपाली विद्यार्थीहरूको लागि फूलबारीस्थित दिल्ली पब्लिक स्कुल उपयुक्त रहेको विद्यालयका भर्ना इन्चार्ज निर्णय बाग्छिले जानकारी दिए।
विद्यालयले शैक्षिक पक्षका सँगसँगै अन्य अतिरिक्त क्रियाकलापहरूलाई समेत उत्तिकै महत्वका साथ अगाडि बढाएको उनले बताए विद्यालयले विद्यार्थीहरूको खेल क्षेत्रको विकासका लागि क्रिकेट, फुटबल, स्विमिङ, टेबल टेनिस, सुटिङ, योगा आदि क्षेत्रका लागि दक्ष प्रशिक्षकहरूको समेत व्यवस्था गरेको उनले बताए तर विद्यालयले अतिरिक्त क्रियाकलापको लागि विद्यार्थीहरूबाट छुट्टै शुल्क भने नलिने उनको भनाइ छ। पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म अध्यापन गराउने उक्त स्कुलले आधुनिक भौतिक पूर्वाधारयुक्त वातानुकलित कक्षा कोठामा अध्यापन गराउने विद्यालयका शिक्षक धृटीमान विश्वासले जानकारी दिए नेपाली विद्यार्थीहरूका लागि दोस्रो अनि तेस्रो भाषाको रुपमा नेपाली भाषा नेपाली संस्कृति समेत पढाइने उनले जानकारी दिए
विद्यालयमा पर्याप्त आवश्यक उपकरण सामग्रीहरू सहितको विभिन्न विषयका ल्याबहरू रहेको उनले जानकारी दिए नेपाल विद्यार्थीहरूका लागि छात्रवृत्तिको समेत व्यवस्था गरिएको शिक्षक क्षेत्रीले जानकारी दिए।

सम्बन्धित समाचार