हल्दिबारी गाउँपालिका सम्मानित
बिर्तामोड । हल्दिबारी गाउँपालिका हात्तीपाईले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रममा झापामा उत्कृष्ट भएको छ । हल्दिबारीलाई उत्कृष्ट कार्यसम्पादन गरेबापत स्वास्थ्य सेवा विभागले सम्मान गरेको छ ।
आर्थिक वर्ष २०७९/८० को हात्तीपाईले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रममा हल्दिबारी गाउँपालिकाले गरेको उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गरिएको हो ।
स्वास्थ्य सेवा विभागको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा आज राजधानीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनलाई सम्मानपत्र प्रदान गरेका थिए । स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सरोकारवाला तथा कर्मचारीहरूको सक्रियताले यो सम्मान मिलेको गोलधाप स्वास्थ्य चौकी इन्चार्ज याम प्रसाद न्यौपानेले बताए।
सम्मानका लागि स्वास्थ्य चौकी इन्चार्ज न्यौपाने र पालिका अध्यक्ष लिङ्देन काठमाडौं गएका थिए ।