२०८३ बैशाख ५ गते , शनिबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १९ गते , सोमबार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बिर्तामोड । बैंकिङ कसुरको अभियोगमा प्रहरीले दमकबाट एक जनालाई पक्राउ गरेको छ। आठराई त्रिवेणी गाउँपालिका वडा नं.३ स्थायी घर भई हाल दमक नगरपालिका वडा नं.२ वस्ने वर्ष ५० की शान्ता याक्सो लिम्वुलाई प्रहरीले पक्राउ गरेको हो ।
जानुका खत्रीको जाहेरीपछि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँले लिम्बूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय झापालाई पत्राचार गरेको जिप्रका झापाले जनाएको छ। प्रहरीले आइतबार दिउँसो ४:३० बजे ग्लोबल आइएम बैंक दमक अगाडिबाट लिम्बुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिए । पक्राउ परेको लिम्बुलाई विराटनगरबाट हवाईजहाज मार्फत आज बिहान काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार