२०८३ बैशाख ६ गते , आईतबार

ओली प्रतिष्ठानले डा. रुइतलाई ५ लाख नगदसहित सम्मान गर्ने

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १५ गते , विहीबार
ओली प्रतिष्ठानले डा. रुइतलाई ५ लाख नगदसहित सम्मान गर्ने

झापा । 'रूद्र-गौरी, श्री-अम्बिका ओली प्रतिष्ठान' झापाले आँखा रोगका विशेषज्ञ चिकित्सक  सन्दुक रुइतलाई श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/ अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार प्रदान गर्ने भएको छ।
आगामी वैशाख ४ गते भद्रपुरमा आयोजना हुने बिशेष समारोहबीच कोशी प्रदेश प्रमुख परशुराम खापुङले रुइतलाई सम्मानित गर्ने भएका हुन् । ५ लाख रुपैयाँ राशिको उक्त पुरस्कार पाउने उनी दोश्रो प्रतिभा हुन् । प्रतिष्ठानले यसअघि नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमसेर जबरालाई यो पुरस्कार प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जनाए।
२०११ भदौ १९ गते ताप्लेजुङको ओलाङ्चुङगोलामा जन्मिएका रुइत आँखामा हुने मोतीयाबिन्दु रोगको उपचार चिकित्सा पद्धति 'रुइतेक्टोमी'का प्रवर्तक पनि हुन् । उनले रमन म्याग्सेसे पुरस्कार (२००६), पद्मश्री सन् (२०१८) , प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार (नेपाल सरकार) (सन् २०१९), बहराइनको राजाद्वारा इसा अवार्ड (२०२३) जस्ता दर्जनौं पुरस्कार पाइसकेका छन् ।

सम्बन्धित समाचार