२०८३ बैशाख ६ गते , आईतबार

विकले रिस साध्न छुरी हाने, मुर्मुको अवस्था गम्भीर

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १४ गते , बुधबार
विकले रिस साध्न छुरी हाने, मुर्मुको अवस्था गम्भीर

बिर्तामोड । मङ्गलबार साँझ बिर्तामोडस्थित पश्चिम बस स्टेण्डमा सुनिराम मुर्मुलाई छुरी प्रहार गर्ने कनकाईका मनोज बिक रहेको प्रहरीले जनाएको छ । केही दिन अघि मुर्मुसंग भएको वादविवादको रिस साध्न विकले छुरी प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । 

घर फर्कन बस स्टेण्डमा बसिरहेका बिकले मुर्मु अरु नै युवायुवतीसँग झगडा गरिरहेको देखेपछि छुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए। प्रहरीका अनुसार मुर्मु र विकको केही दिन अघि वादविवाद भएको प्रहरीको भनाई छ । 

छुरी प्रहारबाट गम्भीर घाइते बिर्तामोड-१ का २३ बर्षीय मुर्मुको गम्भीर अवस्थामा स्पाईनेक्स अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको राति दुई बजे शल्यक्रिया सम्पन्न भएको थियो । 

घटना लगत्तै प्रहरीले बिर्तामोड-१ बस्ने अन्दाजी वर्ष २३ को राम टुडु, बिर्तामोड-६ बस्ने बर्ष १९ की एलिना श्रेष्ठ, बिर्तामोड-१ बस्ने अन्दाजी बर्ष २९ को सुसान मुर्मु, अर्जुनधारा न.पा.११ बस्ने बर्ष ३० को सरोज सहनी र कनकाई नपा १ बस्ने अन्दाजी बर्ष २३ को मनोज बिकलाई पक्राउ गरेको थियो । 

घटनामा संलग्न विकलाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार