२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोडमा एक युवामाथि छुरा प्रहार, चार जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १४ गते , बुधबार
बिर्तामोडमा एक युवामाथि छुरा प्रहार, चार जना पक्राउ

बिर्तामोड । बिर्तामोडको पश्चिम बस स्टेण्डमा एक युवामाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट घाइते भएका बिर्तामोड-१ का अन्दाजी २३ बर्षीय सुनिराम मुर्मुको  स्पाइनेक्स अस्पताल बिर्तामोडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । 
घटनामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार