२०८३ बैशाख ६ गते , आईतबार

होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा पाँचथर र सुनसरीका युवाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १२ गते , सोमबार
होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा पाँचथर र सुनसरीका युवाको मृत्यु

झापा होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा ललितपुरमा दुई जना युवाको मृत्यु भएको आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप हुँदा  पाँचथर सुनसरीका दुई युवाको मृत्यु भएको हो 

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेका छन्

पूजनको शव सुमेरु अस्पताल रोबर्टको पाटनमा राखिएको

ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भइसकेपछि प्रहरीले खबर पाएको एसपी सुवेदीले बताए

घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रवक्ता सुवेदीले बताए

घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको

सम्बन्धित समाचार