२०८३ बैशाख ६ गते , आईतबार

मह जोडी आदर्श नागरिक सम्मानद्वारा सम्मानित

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ८ गते , विहीबार
मह जोडी आदर्श नागरिक सम्मानद्वारा सम्मानित

बिर्तामोड प्रख्यात हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ हरिवंश आचार्य आदर्श नागरिक सम्मानद्वारा सम्मानित भएका छन् बुधबार झापाको बिर्तामोडमा उनीहरुलाईपूर्णटुंग आदर्श नागरिक सम्मान २०८० समर्पण गरिएको हो

जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले पूर्णटुंग स्मृति प्रतिष्ठानको सहयोगमा हास्य कलाकारद्वयलाई सम्मान गरेको हो जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानका अध्यक्ष तथा पूर्णटुंग स्मृति प्रतिष्ठानका संयोजक गोपालकुमार बस्नेत तथा कार्यक्रमका प्रमुख अतिथी भारतीय नाटककार, सामाजिक कार्यकर्ता तथा राजनीतिक विश्लेषक चन्द्रकिशोर श्रेष्ठले सम्मानित कलाकारद्वय श्रेष्ठ आचार्यलाई नगद तथा सम्मान पत्र समर्पण गरेका थिए सम्मानित व्यक्तित्वहरुलाई नगद एक लाख ११ हजार एक सय एघार रुपैँया संयुक्त रुपमा प्रदान गरिएको थियो  

कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले कला, साहित्य संस्कृतिलाई भुगोलले नछेक्ने बताए समयले आफुहरुलाई खोलापारी बनाएपनि जरा खोलावारी नै भएको उनको भनाई थियो नेपाली हास्यव्यङ्ग क्षेत्रका मुर्धन्य व्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा आफु अत्यन्तै खुशी भएको श्रेष्ठले बताए कलाकारले पाउने पारिश्रमिकभन्दा पनि सम्मान अत्यन्त ठूलो हुने प्रमुख अतिथी श्रेष्ठले धारणा राखे जीवनपर्यन्त मानिसले आफुलाई सक्रिय राख्नसक्नु महत्वपूर्ण हुने उनको भनाई थियो  

कलाकार मदनकृष्ण श्रेष्ठले हरिवंश आचार्यलाई एउटा मिल्ने साथीमात्र नभएर एउटा अभिभावकको रुपमा पनि पाएको बताए कलाकार नै बन्ने भन्दापनि मानिसलाई हसाउँदा आफुलाई रमाइलो लाग्ने भएर अरुलाई हसाउँन थालेको बताउँदै श्रेष्ठले हसाउँदा हसाउँदै यति ठूलो सम्मान पाएकोमा खुशी व्यक्त गरे उनले आयोजकलाई धन्यवाद दिए

अर्का सम्मानित व्यक्तित्व हरिवंश आचार्यले विगत ४४ बर्षदेखि मह जोडीको रुपमा आफुहरुले गरेको कामको प्रतिफल स्वरुप यो सम्मान पाएको भन्दै आयोजकप्रति कृतज्ञता व्यक्त गरे आफुहरु कुनै राजनीतिभित्र नछिरी मुलुक परिवर्तनको विभिन्न कालखण्डमा कलाको माध्यमबाट परिवर्तनका लागि काम गरेको बताए

कार्यक्रमका सहभागीहरुलाई जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले स्वागत गरेका थिए भने सहसचिव स्वस्तिका आचार्यले सञ्चालन गरेकी थिइन कार्यक्रममा हरिवंशी पत्नी रमिला पाठक, हास्य कलाकार विल्सन विक्रम राईलगायत विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी थिए   

सम्बन्धित समाचार