२०८३ आश्विन १६ गते , शुक्रबार

माइ अस्पतालमा सेवाग्राहीको भीड बढ्दो

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ६ गते , मंगलबार
माइ अस्पतालमा सेवाग्राहीको भीड बढ्दो

बिर्तामोड । इलाम जिल्लाको माइ नगरपालिकास्थित माइ नगरअस्पतालमा सेवा लिने सेवाग्राहीको चाप बढ्दो छ । अस्पतालको सेवा प्रभावकारी हुनुका साथै नजिकै अन्य अस्पताल नहुँदा नगरअस्पतालमा सेवा लिनेको भीड बढेको हो । 

चालु आवको फागुन मसान्तसम्ममा अस्पतालबाट ९ हजार ८४७ जनाले बहिरंग सेवा लिएका छन् । यो अवधिमा १५२ जना गर्भवतीले अस्पतालबाट सेवा लिएको अस्पतालकी नर्सिङ इञ्चार्ज देविमाया धमलाले जानकारी दिइन् ।

आठ महिनाको अवधिमा अस्पतालमा आएर ६७ जनाले सुत्केरी गराएका थिए । त्यस्तै ४५ जना महिलाले पाठेघरको मुखको क्यान्सर जाँच गराएको र छोटो र लामो गरी २९० जनाले परिवार नियोजन सेवा लिएको उनले जानकारी दिइन् ।

अस्पतालमा नियमित गर्भ जाँच गराएर सुत्केरी गराउने महिलालाई नगरपालिकाले दिने पाँच हजारसहित ७ हजार आठ सय रुपैँया उपलब्ध गराइने उनले बताइन् । सेवासँगै खर्चपनि पाइने भएकाले सेवाग्राहीहरु अस्पताल आउने गरेको उनले बताइन् ।

अस्पताल परिसर मै आयुर्वेदिक अस्पतालपनि रहेको छ । अस्पतालले दुई वटा एम्बुलेन्समार्फत सेवा दिइरहेको जनाएको छ ।

अस्पतालको नयाँ भवन निर्माणाधिन रहेको छ । 

 

सम्बन्धित समाचार