२०८३ बैशाख ५ गते , शनिबार
पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जी घाइते
एजेन्सी । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी घाइते भएकी छन् । भारतीय मिडियाका अनुसार घरमा लडेर उनी घाइते भएकी हुन् ।
उनको निधारमा गहिरो चोट लागेको बताइएको छ । बनर्जीको एसएसकेएम अस्पतालमा उपचार गरिएको थियो । अस्पतालका अनुसार उनको निधारमा तीन र नाकमा एउटा टाँका लगाइएको छ । हाल डाक्टरको निगरानीमा उनी घरमै आराम गरिरहेको बताइएको छ ।
त्रिणमूल कँग्रेसको अध्यक्षसमेत रहेकी ममता घाइते भएको खबर बाहिरिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरुले स्वास्थ्य लाभको कामना गरेका थिए ।