२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोडमा खुल्यो एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १ गते , विहीबार
बिर्तामोडमा खुल्यो एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट

बिर्तामोड युवा व्यवसायी चाँद मोहम्मद हुसेनले बिर्तामोडमा व्यवसाय विस्तार गरेका छन् बाह्रदशीको राजगढमा सस्तो बजार, हाइपर मार्केट र सिनेमा हलको सफलतापछि व्यवसायी हुसैनले बिर्तामोडमा एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट संचालनमा ल्याएका हुन्

हुसेनले बिर्तामोडको विशाल बजारमा करिव करोडको लागतमा सो मार्ट संचालनमा ल्याएका हुन् जसको एक समारोहका बीच बिहीवार बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन् दुबई साउदी अरबको लुलु हाइपर मार्केटमा मोहम्मदले १८ वर्ष काम गरेका थिए त्यही अनुभवलाई आफूले आफ्नो गाउँ राजगढसंगै बिर्तामोडमा प्रयोग गरेर देखाउन खोजेको उनले बताए उनले आफ्नो मार्टमा ग्रोसरी, लत्ताकपडा, तरकारी, किचनवेयर, फुटवेयर, फलफूललगायत सामाग्री उपलव्ध रहेको जानकारी दिए

झापाको मुटु बिर्तामोड, बिर्तामोडको मुटु मुक्तिचौकमा मार्ट खोलेका छौं,’ उनले भने,‘किफायती मूल्यमा गुणस्तरीय सामान दिन्छौं उनले निःशुल्क अनलाइन सेवासंगै टोल फ्री नम्बरसमेतको व्यवस्था गर्न लागिएको बताए मनाङ, मुस्ताङसंगै पहाड तराईका ताजा तरकारी तथा फलफूलहरु उपलव्ध गराउने आफ्नो उद्धेश्य रहेको उनले सुनाए केहि दिन भित्रै बिर्तामोड वरपर निस्चित मुल्यको खरिदमा निशुल्क डेलिभरीको व्यवस्थासमेत गर्ने उनले बताए

प्रमुख अतिथि नगर प्रमुख प्रसाई, बिशेष अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बाह्रदशीका पूर्व वडाध्यक्ष प्रेम घिमिरेले मन्तव्य राखेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष विशाल थापा, महासचिव कुशल खतिवडा, सदस्य सुष्मा उप्रेतीलगायतको उपस्थिति रहेको थियो बिशाल बजारको २४ वटा सटरमा सो मार्ट संचालन गरिएको जनाइएको

सम्बन्धित समाचार