२०८३ बैशाख ५ गते , शनिबार

आज विश्व मृगौला दिवस मनाईंदै

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १ गते , विहीबार
आज विश्व मृगौला दिवस मनाईंदै

बिर्तामोड आज (बिहीबार)  विश्व मिर्गौला दिवस मनाइँदैछ   प्रत्येक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ यस वर्षको विश्व मिर्गौला दिवस आज चैत्र गते बिहीबारको दिन परेको

यस वर्षको मूल नारामिर्गौला उपचारमा सबैको समान पहुँच सुरक्षित चिकित्सकीय अभ्यास  भन्ने रहेको यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाइँदै

प्रत्येक १० जना मध्ये जनालाई मिर्गौला रोग लाग्ने गर्दछ विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवसको आयोजना गर्ने गरिन्छ

विभिन्न संस्थाबाट विभिन्न कार्यक्रम सहित हुँदै आएको कार्यक्रम यस पटक भने अङ्ग प्रत्यारोपण समाज नेपाल नेपाल प्रत्यारोपण सोसाइटी एउटै भएपछि पहिलो पटक संयुक्त रूपमा आयोजना हुन लागेको हो

यसै क्रम अन्तर्गत यस पटक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल , चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)नेपाल सोसाइटी अफ नेफ्रोलोजी (एनएसएन), नेपाल एसोसिएसन अफ युरोलोजिक सर्जन्स (एनएयुएस), अङ्ग प्रत्यारोपण समाज नेपाल (एनईएसओटी),नेपाल ट्रान्सप्लान्ट सोसाइटी (एनटीएस), स्वास्थ्य अभियान नेपाल एसएएन, नेशनल किड्नी सेन्टर काठमाडौं उपत्यका भित्रका अङ्ग प्रत्यारोपण गर्ने अस्पतालहरु मस्तिष्क मृत्यु पश्चात् अङ्ग दान गराउने अस्पतालहरूको संयुक्त आयोजनामा यो कार्यक्रम हुन गइरहेको

चैत्र गते बिहीबार बिहान ७:४५ बजे देखि रत्नपार्क, शान्ति बाटिका बाट मिर्गौला पदयात्राको सुरुवात तथा दशरथ रङ्गशालामा ८:१५ बजे देखि बजे सम्म प्रत्यारोपितरअङ्गदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक कर्मचारीहरू बीच मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने भएको

ततपश्चात् बिहान बजे देखि ९:३० सम्म विश्व मिर्गौला दिवस सम्बन्धी औपचारिक कार्यक्रमको आयोजना हुने कुरा आयोजक कमिटीले बताएको छ। उक्त कार्यक्रमको संरक्षक डा।पुकार चन्द्र श्रेष्ठ, डा. दिव्या सिंह डा. ऋषि काफ्ले रहेको विश्व मिर्गौला दिवस तथा १४ औँ नेपाल प्रत्यारोपण खेलकुद आयोजक समितिले जनाएको

अङ्ग प्रत्यारोपण गरेका प्रत्यारोपितहरू पनि अरू स्वस्थ व्यक्ति सरह जीवन यापन गर्न सक्षम छन् उनीहरू पनि हरेक क्षेत्रमा सबल रूपमा कार्य गर्न सक्छन् भन्ने जनचेतना जगाउने तथा अङ्गदान अङ्ग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले प्रत्येक वर्ष यो कार्यक्रमको आयोजना गरिँदै आएको कुरा आयोजक समितिका संयोजक डा कल्पना कुमारी श्रेष्ठले बताए

सम्बन्धित समाचार