२०८३ बैशाख ५ गते , शनिबार

कनेक्ट आईपीएस ह्याक गरी १० लाख चोरी

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ३० गते , बुधबार
कनेक्ट आईपीएस ह्याक गरी १० लाख चोरी

बिर्तामोड कनेक्ट आईपीएस ह्याक गरेर १० लाख १० हजार रुपैयाँ चोरी भएको सुनसरीको इनरुवा नगरपालिका बस्ने शिवनन्दन मेहताको कनेक्ट आईपीएसमा जोडिएको आमा रुसनीदेवी उनको बैंक खाताबाट रकम चोरी भएको हो

मेहताका अनुसार १० माघमा उनको आमाको खाताबाट ५र५ हजार रुपैयाँको दरले २२ पटक गरेर लाख १० हजार काटिएको म्यासेज आएको थियो

पैसा काटिएको भोलिपल्ट बिहान मात्र थाहा भयो, बिहान कनेक्ट आईपीएसको सोही खातामा लिंक भएको मेरो खाताबाट पनि थप लाख १० हजार रुपैयाँ काटियो, उनले भने, ‘पैसा काटिएको मिनेटमा एनआईसी एसिया बैंकमा जाँदा पनि पैसा रोक्न नमिल्ने कर्मचारीहरुले बताए

उनले यसबारे जिल्ला प्रहरी कार्यालय, सुनसरी प्रहरीको साइबर ब्यूरोमा पनि अनुसन्धान गरिदिन भन्दै जाहेरी दिएका छन् जाहेरीमा उल्लेख भएअनुसार, आमा रुसनीदेवीको लुम्बिनी विकास बैंक इनरुवामा भएको पैसा काठमाण्डौको अफसोर सफ्ट टेक प्रालिमा गएको देखिएको

शिवनन्दनबाट चोरिएको पैसा भने पारेश्वर थापा नामक व्यक्तिको सनराइज बैंकको खातामा ट्रान्सफर भएको देखिएको प्रहरीले जनाएको

शिवनन्दनकी आमाको पैसा ट्रान्सफर भएको अफसोर सफ्ट टेक प्रालिले पनि आफ्नो खातासमेत ह्याक भएको बताएको त्यो खाताको विवरण हेर्दा त्यहाँ गएको पैसा समेत पारेश्वर थापा क्षेत्रीको नाममा गएको देखिएको

साइबर ब्यूरोले भने भीपीएन प्रयोग गरेर अमेरिकाको लोकेसनबाट ह्याक भएको देखिएको जानकारी गराएको शिवनन्दनले भने प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगरेको आरोप लगाएका छन्

उनी भन्छन्, ‘समयमै बैंकले पैसा रोकिदिएको भए अहिले यस्तो हुने थिएन, प्रहरीले पनि गम्भीरतापूर्वक हेरेको छैन पैसा जति सबै ह्याकरले लगेपछि आफूहरु समस्यामा परेको उनी बताउँछन्

सम्बन्धित समाचार