२०८३ आश्विन १७ गते , शनिबार

चर्च ब्वाइज झापा गोल्डकपको सेमिफाइनल प्रवेश

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २३ गते , बुधबार
चर्च ब्वाइज झापा गोल्डकपको सेमिफाइनल प्रवेश

बिर्तामोड । चर्च ब्वाइज युनाइटेड क्लब बिर्तामोडमा जारी अर्ना छैटौ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश प्रवेश गरेको छ । मंगलबार भएको खेलमा एनआरटी फुटबल क्लबलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको ३६ औं  मिनेटमा सञ्जित राईको पासमा  स्टाइकर अवयामी फकुल्नेले गरेको गोल नै चर्च ब्वाइजको लागि निर्णायक गोल बन्यो । पहिलो हाफमा लिग बिजेता चर्च ब्वाइजले एनआरटीलाई दबाबमा राखिरहेको थियो भने दोस्रो हालमा एनआरटीले चर्च ब्वाइजलाई दबाबमा राख्यो । तर, खेलमा फर्कन सकेन । पाएको अवसरलाई एनआरटीले सदुपयोग गर्न सकेन । खेलको ८६औं मिनेटमा चर्च ब्वाइजले अग्रतालाई दोब्बर बनाउने अवसरलाई सदुपयोग गर्न सकेन । मैदानको मध्य भागबाट चर्च ब्वाइजका बिजु भुजेलले एक्लै लगेको बल विपक्षी रक्षक पुजन होना बिट हुँदा पनि गोल गर्न सकेनन् ।

जितसँगै चर्च ब्वाइजले आयोजक झापा ११ र एन्फा मकवानपुरबीचको विजेता टिमसँग सेमिफाइनल खेल खेल्नेछ ।

चर्च ब्वाइज यसअघि भएको खेलमा पुलिस क्लबलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने एनआरटी बाई पाएर क्वाटरफाइनल खेल खेल्न आइपुगेको हो ।

मंगलबारको खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका सञ्जित राई भए । उनले नगद ११ हजार रुपैँया प्राप्त गरे ।

बुधबारको खेल मच्छिन्द्र फुटबल क्लब र नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ ।

सम्बन्धित समाचार