२०८३ बैशाख ५ गते , शनिबार
वर्ल्डलिंकद्वारा सचेतनामूलक कार्यक्रम सम्पन्न
बिर्तामोड । वर्ल्डलिंक कम्युनिकेशनले बढ्दो सामाजिक सञ्जालको बिकृति तथा अपराधलाई मध्यनजर गर्दै सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
वर्ल्डलिंक कम्युनिकेसनस लिमिटेड बिर्तामोडले विद्यालयहरूसँगको सहकार्यमा ‘अनलाइन जोखिम र सुरक्षित इन्टरनेट व्यवहार’ सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो ।
वीर अम्बरसिंह प्राविधिक विद्यालय र कन्काई बोर्डिङ अङ्ग्रेजी हाई स्कूलका विद्यार्थीहरुलाई इन्टरनेटबाट हुने अपराध, अपराधबाट बच्ने उपाय र इन्टरनेटको सही सदुपयोग कसरी गर्ने भन्नेबारे जानकारी दिइएको वर्ल्डलिंकका बिर्तामोड शाखा प्रमुख प्रेम घिमिरेले जानकारी दिए । उक्त कार्यक्रममा विद्यालयका कक्षा ७,८ र ९ का विद्यार्थीको सहभागिता रहेको बताइएको छ ।