२०८३ बैशाख ६ गते , आईतबार

धुलाबारी माविले मनायो ७२औँ स्थापना दिवस

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १९ गते , शनिबार
धुलाबारी माविले मनायो ७२औँ स्थापना दिवस

धुलाबारी । विद्यार्थी संख्याको दृष्टिले कोशी प्रदेशकै दोस्रो ठूलो धुलाबारी माध्यमिक विद्यालयले आफ्नो ७२औँ स्थापना दिवस शुक्रबार सिर्जनात्मक रूपमा सम्पन्न गरेको छ। 
गणित, बिज्ञान, पशुस्वास्थ्य, चित्रकला तथा विद्यार्थीले सिर्जना र निर्माण गरेका सामग्री प्रदर्शन गरिएको कार्यक्रममा विद्यालयको विगत, वर्तमान र आगामी कार्ययोजना साथै शैक्षिक रणनीतिका बारेमा प्राध्यानाध्यापक महेन्द्रविलाश लुइँटेलले लिखित अवधारणा प्रस्तुत गरे।  
सोही अवसरमा दाताले दुईवटा अक्षयकोष स्थापना गरेर विद्यालयको शैक्षिक उन्नयनका लागि समुदायको जिम्मेवारीमा इँटा थपेका छन् । सो विद्यालयमा यसअघिदेखि नै नौ वटा अक्षयकोष सञ्चालित छन् । 
लक्ष्मीविलाश लुइँटेलले आफू जीवितै रहदा श्रीमती र आफ्नो नाममा लक्ष्मी - इन्दीरा र विद्यालयका शिक्षक उदय पनेरुले आफ्ना स्वार्गीय बुबाआमा पुष्प-हुना स्मृति अक्षयकोष स्थापना गरेका हुन् । लक्ष्मी-इन्दीरा अक्षयकोष १ लाख ५१ हजार र पुष्प-हुनाको राशी २ लाख रुपैयाँको रहेको छ।  
विद्यालयले दीर्घसेवी शिक्षकद्वय भानुभक्त वशिष्ठ र अनिता दाहाल, वर्ष उत्कृष्ट शिक्षकका रूपमा दिपेन्द्र कन्दङ्वा, शीला खवास, ईश्वर घिमिरे, पुनम राजवंशी, सुहाङ्मा नेम्वाङ , कर्मचारी पूर्णबहादर बस्नेत र उत्कृष्ट अभिभावकका रूपमा मञ्जु सैनीलाई सम्मान तथा पुरस्कृत गरेको छ। उनीहरूलाई नगद, सम्मान, प्रशंसापत्र र दोसल्ला अर्पण गरिएको छ। 
कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, शिक्षा समन्वय इकाई झापाका प्रमुख राजकुमार विश्वकर्मा, विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईं, पूर्वप्रअ महेन्द्रकुमार झा, शिक्षक रमेशकुमार दाहालले आआफ्नो धारणा राखेका थिए । 
विद्यार्थीले नाचगान तथा स्मार्ट पिटी, जातीय भेषभुषा प्रदर्शन तथा प्रस्तुत गरेका थिए । 

सम्बन्धित समाचार