२०८३ आश्विन १६ गते , शुक्रबार

बीपीका निलम्बित उपकुलपति डा. गिरीले पाए सफाई

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १७ गते , विहीबार
बीपीका निलम्बित उपकुलपति डा. गिरीले पाए सफाई

काठमाण्डौ । विशेष अदालतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई सफाइ दिएको छ । डा. गिरीविरुद्ध प्रोफेसर पदको दुरुपयोग गरेको भन्ने मुद्दा अदालतमा परेको थियो ।

उक्त मुद्दाका विषयमा बुधबार विशेष अदालतका न्यायाधीसद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सफाइ दिएको हो ।

डा. गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ सालको माग ९ गते नपाएको ओहोदा पाएँ भनी भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

विशेषले डा. गिरीसहित मतियार बनाइएका विराट मेडिकल कलेजका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीलाई पनि सफाइ दिएको छ । डा. कार्कीले अदालतले आफूमाथि न्याय गरेको प्रतिक्रिया दिए ।

अदालतले डा. गिरी नियुक्ति खान उनले नपाएको ओहोदाको कागजपत्र प्रयोग नगरेको, उक्त प्रोफेसर पदका आधारमा भ्रष्टाचारलगायतका अन्य काम नभएको भन्दैं उनलाई सफाइ दिएको हो ।

विशेषको यो आदेशसँगै डा. गिरी प्रतिष्ठानमा उपकुलपतिका रुपमा काम गर्न जाने भएका छन् ।

डा. गिरी निलम्बित भएपछि प्रतिष्ठानमा हाल डा. प्रह्लाद कार्की कामु उपकुलपतिमा नियुक्त भएका थिए ।

सम्बन्धित समाचार