२०८३ बैशाख ५ गते , शनिबार

कोशीमा भारी संख्यामा वन रक्षक पदमा दरखास्त आह्वान

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १४ गते , सोमबार
कोशीमा भारी संख्यामा वन रक्षक पदमा दरखास्त आह्वान

झापा कोशी प्रदेश लोक सेवा आयोग प्रदेश निजामती सेवाअन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा अन्तरगतको जनरल फरेष्ट्री समूहको आधारभूत तहमा वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरिएको प्रदेश निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा (खुला तथा समावेशी) प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आव्हान गरिएको हो

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.pl.gov.np मार्फत आवेदन दिनुपर्नेछ सेवाका शर्त तलब तथा अन्य सुविधा प्रचलित कानून बमोजिम हुनेछ

परीक्षामा शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, लिखित परीक्षा अन्तर्वार्ता लिइनेछ शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा तथा लिखित परीक्षाको परीक्षा केन्द्र आयोगले पछि सूचना प्रकाशन गरे बमोजिम हुनेछ

प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु. ३०० (तीन सय मात्र) बुझाउनुपर्नेछ समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा प्रत्येक थप समूहका लागि रु. १००  (एक सय) थप दस्तुर बुझाउनुपर्नेछ

सम्बन्धित समाचार