२०८३ बैशाख ६ गते , आईतबार

चोरीका मोटरसाइकल ताप्लेजुङमा सरर, ढुवानीकर्ता पक्राउ परेपछि खुल्यो पोल

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १३ गते , आईतबार
चोरीका मोटरसाइकल ताप्लेजुङमा सरर, ढुवानीकर्ता पक्राउ परेपछि खुल्यो पोल

बिर्तामोड झापाका विभिन्न स्थानबाट चोरिएका मोटरसाइकल ताप्लेजुङ लगेर चलाउने गरेको पाइएको प्रहरीले ढुवानीकर्ता पक्राउ गरेसँगै त्यस्तो रहस्य खुलेको हो

प्रहरीले क्लिाजुङ , मोरङ घर भई बिर्तामोड बुट्टाबारी बस्ने २७ बर्षीय योगेश भनिने बालकुमार मगरलाई पक्राउ गरेसँगै ठूलो संख्यामा ताप्लेजुङमा चोरीको मोटरसाइकल भएको तथ्य खुलेको हो बिर्तामोडबाट चोरिएका मोटरसाइकल ताप्लेजुङसम्म ढुवानी गर्दै आएका मगरलाई प्रहरीले फागुन गते हिलिहाङ जोरपोखरीमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए चोरीको मोटरसाइकल काबेलीसम्म पुर्याउन जाने क्रममा मगर पक्राउ परेको प्रहरीले जनाएको मगर पक्राउ परेसँगै प्रहरीले आठ वटा मोटरसाइकल ताप्लेजुङका विभिन्न स्थानबाट बरामद गरेको थियो सो मध्ये सातवटा आफैले ढुवानी गरेको सो बापत प्रति मोटरसाइकल १० हजार रुपैँया लिएको मगरले  स्वीकारेको निमित्त सुचना अधिकारी गिरीले बताए चोरीमा संलग्न मुख्य व्यक्तिहरु फरार रहेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको  

जेसीबीमा काम गर्दै आएका मगर जेसीबी बिग्रिएको परिवार पाल्न धौधौ परेपछि चोरीको मोटरसाइकल ढुवानी कार्यमा संलग्न हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको

बरामद भएका मोटरसाइकल सम्बन्धित धनीले प्रमाणसहित फिर्ताका लागि जिल्ला प्रहरी कार्यालयमा फिर्ताका लागि निवेदन दिन प्रहरीले अनुरोध गरेको निवेदन प्राप्त भएसँगै जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा उक्त फाइल लैजाने न्यायाधिशले फिर्ताका लागि आदेश गरेसँगै सम्बन्धित धनीलाई मोटरसाइकल फिर्ता दिइने निमित्त सुचना अधिकारी गिरीले जानकारी दिए

बरामद अधिकांश मोटरसाइकल बजाज कम्पनीका पल्सर बाइक रहेका छन् प्रहरी स्रोतका अनुसार ताप्लेजुङका ग्रामिण क्षेत्रमा मात्रै करिब दर्जन चोरीका मोटरसाइकल रहेको प्रहरीले सुचना पाएको

तराईका जिल्लाहरुबाट चोरीएका मोटरसाइकल ग्रामिण पहाडी जिल्लाहरुमा सस्तो मुल्यमा बिक्री हुने गरेको ट्राफिक प्रहरीको अनुपस्थितीको फाइदा उठाउँदै ग्रामिण इलाकामा त्यस्ता बाइकहरु कुदाउने गरिएको स्रोतले बताएको

झापाका धेरैजसो चोकबजार सडकमा सीसी क्यामेरा राखिएको भएतापनि फितलो सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै दैनिक जसो चोरीका घटना हुने गरेका छन् गत आवमा १६६ वटा चोरीका घटनामा मुद्धा दर्ता भएको थियो भने प्रहरीले २२७ जनालाई पक्राउ गरेको थियो चालु आवको माघ मसान्तसम्ममा ८४ वटा चोरीसम्बन्धि मद्धा दर्ता भएको १३१ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको  

सम्बन्धित समाचार