२०८३ बैशाख ६ गते , आईतबार
कृष्ण पौडेललाई जिताउन जिल्ला सहकारी संघको अपिल
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा झापा जिल्ला सहकारी संघका सञ्चालक सदस्य कृष्ण पौडेललाई जिताउन संघले अपिल गरेको छ । महासचिव पदमा उम्मेदवारी दिएका पौडेललाई जिताउन संघले सार्वजनिक अपिलमार्फत आग्रह गरेको हो ।
सहकारी अभियान र बिर्तामोड उद्योग वाणिज्य संघबिच समन्वयात्मक भूमिका निर्वाह गर्ने पौडेलले प्रतिबद्धता व्यक्त गरेको भन्दै संघले पौडेलको पक्षमा मतदान गर्न मतदाता तथा सहकारीकर्मीहरुमा आह्वान गरेको संघका सचिव भवानीप्रसाद दंगालले जानकारी दिए ।
पौडेल धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत हुन् । उनले सो सहकारीमा १७ बर्ष नेतृत्व गरिसकेका छन् । उनी उद्योग वाणिज्य संघका वर्तमान वाणिज्य सचिवसमेत हुन् ।