२०८३ बैशाख ६ गते , आईतबार

संघमा निष्पक्ष र तटस्थ भएर काम गर्नुपर्छ : तिलोत्तमा खत्री

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ११ गते , शुक्रबार
संघमा निष्पक्ष र तटस्थ भएर काम गर्नुपर्छ : तिलोत्तमा खत्री

मेची अञ्चलकै प्रमुख व्यापारिक नगरी बिर्तामोड यति बेला व्यवसायीहरुको नेतृत्व चयनको प्रक्रियामा नगरको छुट्टै संघ गठन भएपश्चात चौथो कार्यकालका लागि नेतृत्व चयनमा बिर्तामोडका व्यवसायीहरु होमिएका छन् नेपाली कांग्रेस निकट व्यवसायीहरुले नेतृत्व गर्दै आएको संघमा राजनीति हाबी भयो भन्ने आरोपसमेत लाग्दै आएको यहि आरोपका बिच संघले व्यवसायीका पक्षमा निष्पक्ष तटस्थ बन्नु पर्ने धारणा राख्छिन् सहकोषाध्यक्ष पदकी उम्मेदवार तिलोत्तमा खत्री

इलाममा जन्मिएर झापालाई कर्मथलो बनाएकी खत्री हक्की स्वभावकी छन् डेढ दशकदेखि बिर्तामोडमा बसेर विभिन्न संघसंस्थाको नेतृत्व हाँकिरहेकी खत्री पछिल्लो समय इलामझापा मैत्री समाजकी जिल्ला अध्यक्षको रुपमा काम गरिरहेकी छन् सो संस्थाको स्थापनाकालदेखि नै विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएकी खत्रीले आफ्नो नेतृत्वकालमा संघको भवन निर्माणका लागि जग्गासमेत दातामार्फत प्राप्त गर्न सफल भएको बताउँछिन्

बिर्तामोड उद्योग वाणिज्य संघको उद्यमी महिलाको अध्यक्षको रुपमा काम गरिरहेकी खत्री नेतृत्व जहिलेपनि व्यवसायीका लागि तटस्थ भएर काम गर्नु पर्नेमा जोड दिन्छिन् मिजासिलो हँसिली स्वभावकी धनी खत्री व्यवसायीहरुको हकका निमित्त आफ्नो धारणा खुलेर राख्छिन् सबैसँग मिलनसार व्यवहार गर्ने खत्रीले लामो समयसम्म झापाको भद्रपुरमा पारालिगल संस्थामार्फत संस्थागत अनुभव शुरु गरेको बताउँछिन् इलामको चिया घिउ प्याकेजिङ गरी आफुलाई व्यवसायको क्षेत्रमा प्रवेश गराएकी खत्री एक सफल व्यवसायी हुन्

संघलाई राजनीतिको छाँयाभन्दा पर राखेर व्यवसायीक हितका लागि काम गर्ने कुरामा आफु स्पष्ट रहेको बताउँदै फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा अत्यधिक मत दिएर निर्वाचित गराउन आग्रह गर्छिन  

 

सम्बन्धित समाचार