२०८३ बैशाख ६ गते , आईतबार

अनाधिकृत कर कटौतीका लागि मेरो उम्मेदवारी

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १० गते , विहीबार
अनाधिकृत कर कटौतीका लागि मेरो उम्मेदवारी

राज्यलाई कर तिर्नु जनताको अनिवार्य शर्त हो भने त्यहि कर तिर्ने वातावरणलाई सरल, सहज, छिटो छरितो बनाइदिनु राज्यको दायित्व हो प्रकृयागत सरलिकरण बुझाइलाई फराकिलो बनाउन सकिएको खण्डमा करको दायरामा नागरिकको स्वतः सहभागिता रहन्छ ।तर, करदाता व्यवसायीलाई नबुझाइकन , अप्ठयारो पारेर राज्यले कर लिइरहेको गुनासो व्याप्त लामो समयदेखि कर परामर्श सेवा दिँदै आएका बिर्तामोडका सोहनलाल राजवंशी राज्यको त्यही करको नीति मन नपरेर यस पटक बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवार बनेका छन्

अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानलका तर्फबाट उनी सदस्यको उम्मेदवार बनेका हुन् २०६५ सालदेखि अडिट करसम्बन्धी सेवा गर्दै आएका राजवंशी स्थानीय सरकारले लिने गरेको नीति गलत भएको बताउँछन् स्थानीय सरकारले कर उठाउने आधार पुँजी हुनुपर्छ,’ उनी भन्छन्, ‘तर स्थानीय सरकारले कारोवारको आधारमा कर असुल्ने गरेको केन्द्रीय सरकारले कारोवारको आधारमा कर लिइरहेको अवस्थामा स्थानीय सरकारले पनि त्यसैलाई आधार बनाएर कर असुल्नु गलत भएको उनको भनाई

त्यस्तै बिर्तामोड नगरपालिकाले लिने गरेको बहाल करप्रति पनि उनको बिमति ।फर्म दर्ता गर्दादेखि बहाल कर लिनुपर्नेमा बहाल कर लागू भएदेखि नै नगरपालिकाले कर उठाउनु उचित नभएको उनको बुझाई नगरपालिकाले त्यसमा छुट दिएको जनाइएको त्यस्तै भन्सारको मूल्यांकन प्रणालीको विरोधमा पनि आफ्नो उम्मेदवारी भएको उनी बताउँछन् व्यवसायीले सामान आयात गर्दा वास्तविक विलिङ नगरी भन्सारले प्रज्ञापनपत्रको विलिङ गर्दा अन्डर विलिङको समस्या आउने गरेको बताउँदै जसबाट व्यवसायीको दुईवटा लेखा प्रणाली रहने गरेको उनले बताए दुईवटा लेखा प्रणाली हुँदा राजश्व कार्यालयले त्यसैलाई निहुँ पारेर छापा मारेको उदाहरण दिँदै उनले भन्सारको मूल्यांकन प्रणालीलाई एकरुपता बनाउन सके कर राम्रो उठ्ने सबै व्यवसायीहरुको लेखा व्यवस्थित हुने धारणा राखे

कर प्रशासन संचालन गर्ने निकायले जनताबाट संकलित कर राजश्व रकम जनताका आधारभूत आवश्यकता राज्यकै आर्थिक सामाजिक विकास विकास निर्माणकै निम्ति खर्च हुन्छ भन्ने विषयलाई बुझाउनु आवश्यक आफूले बिर्तामोड उद्योग वाणिज्य संघमा काम गर्ने अवसर पाए लेखा व्यवस्थापनसंग सम्बन्धी तालिम दिने परामर्श सेवालाई अझ व्यापक बनाउने योजना रहेको उनले सुनाए गौरीगञ्ज महाभाराका पिता जतनलाल राजवंशी माता नक्कलसरी राजवंशीका एकमात्र छोरा सोहनलालले मन्जुश्री प्राथमिक विद्यालयबाट प्राथमिक तहको शिक्षा लिएका थिए त्यसपछि त्रिभुवन माध्यमिक विद्यालय पाँचगाछीमा मावि अध्ययन गरेका उनले मेची बहुमुखी क्याम्पसबाट स्नातक गरेका थिए बिर्तामोडमा शुलभ कर परामर्श सेवा संचालन गरी उनले २०६५ सालदेखि अडिट कर शिक्षा प्रदान गर्दै आएका छन् विभिन्न सामाजिक संघ संस्थामा आवद्ध राजवंशी कर सहयोगी श्रमिक संगठन झापाका अध्यक्ष हुन्

सम्बन्धित समाचार