२०८३ आश्विन १७ गते , शनिबार

झापा गोल्ड कपद्वारा ट्रफी तथा सहभागी टीम सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १० गते , विहीबार
झापा गोल्ड कपद्वारा ट्रफी तथा सहभागी टीम सार्वजनिक

बिर्तामोड । अर्ना छैटौँ झापा गोल्ड कपले सञ्चालन गर्न लागेको अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको ट्रफी तथा सहभागी टिमहरु सार्वजनिक गरेको छ । बुधबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित एक कार्यक्रमका बीच गोल्डकपले टीम तथा ट्रफी सार्वजनिक गरेको हो ।

झापा गोल्ड कपले यो संस्करणमा आफ्नै डिजाइनमा ट्रफी निर्माण गरेको छ ।

झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगितामा ए डिभिजनसहित नेपालका १० टिमको सहभागिता रहनेछ ।

छैटौँ संस्करणमा आयोजकको तर्फबाट झापा ११ एफसीले सहभागिता जनाउनेछ । त्यस्तै, विभागीय टिमहरु त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष बस्नेतले बताए ।

प्रतियोगितामा गत सिजनको सहिद स्मारक ए डिभिजन लिग विजेता टिम चर्च ब्वाइज युनाइटेड एफसी, मछिन्द्र एफसी, एनआरटी एफसी र संकटा एफसीले सहभागिता जनाउने छन् ।

यो संस्करणमा पहिलोपटक मोफसलका दुई टिमले सहभागिता जनाउने छन् । सर्लाहीको बागमती युवा क्लब र हेटौँडाको एन्फा मकवानपुरले झापा गोल्ड खेल्ने पक्का भएको अध्यक्ष बस्नेतले बताए ।

सम्बन्धित समाचार