२०८३ बैशाख ५ गते , शनिबार

व्यवसायीका सबै खाले समस्या समाधानमा संघले सहयोगी भूमिका निर्वाह गर्नु पर्छ : कृष्ण पौडेल

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ९ गते , बुधबार
व्यवसायीका सबै खाले समस्या समाधानमा संघले सहयोगी भूमिका निर्वाह गर्नु पर्छ : कृष्ण पौडेल

बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १४ गते तय भएको निर्वाचनमा स्वतन्त्र व्यवसायिक प्यालनबाट महासचिव पदमा उम्मेदवारी दिएका कृष्ण पौडेलले भैपरी आउने व्यवसायीक संकट टार्न तथा प्राकृतिक प्रकोपबाट हुने जोखिम नियन्त्रण नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्  

उनले पछिल्लो सम्म आर्थिक मन्दीका कारण व्यवसायीहरु समस्यामा परेको अवगत गराउंदै संकटमा परेका व्यवसायीलाई केहि सहजता प्रदान गर्न ब्यवसायीक कल्याणकारी कोष स्थापना गर्ने योजना अघि सार्ने बताए

आर्थिक मन्दीका कारण समस्यामा परेका व्यवसायीहरु सहकारीसँग समन्वय गरी अगाडी बढ्ने तथा ब्यवसायीको हितको लागि स्थापना गरिएको ब्यवसायीक कल्याणकारी कोषबाट समस्यामा परेका ब्यापारीहरुलाई सहयोग गर्ने उनको योजना

संघको बर्तमान बाणिज्य सचिवसमेत रहेका पौडेलले ब्यवसायमा कहिलेकाँही हुने भबितव्यका घटना तथा  प्राकृतिक प्रकोपबाट हुने जोखिमलाई न्यूनीकरण गर्न मुख्य बजार क्षेत्र तथा ब्यवसायीक मल (कम्प्लेक्स) अगाडी पानीको स्रोतको व्यवस्थापन गर्ने बताएका छन्

उनले आगलागी जस्ता प्राकृतिक प्रकोपका  समस्या नियन्त्रण गर्नका लागि स्थानीय ब्यवसायी, प्रहरी प्रशासन, पालिकाको प्रतिनिधि, संघको प्रतिनिधिसहित सरोकारवाला निकायसँगको संलग्नतामा समिति निर्माण गरेर तत्काल त्यस्ता प्रकारको घटना घटेमा थप क्षति हुनबाट बचाउकालागि बजार क्षेत्रमा पानीको व्यवस्थापन आवश्यक रहेको औंल्याएका हुन्

उनले ब्यवसायीक बस्तुगत संघहरुसँग छलफल, अन्तरक्रिया गर्दै संघलाई सवै ब्यवसायीको अपनत्व हुने गरी काम गर्ने बताए

साथै उनले सहकारी ब्यवसायीबिच नङ मासुको सम्बन्ध कायम गर्ने, भावी पुस्तालाई सबल, सक्षम ब्यवसायीको हित गर्ने परिपाटीको विकास गर्दै युवालाई संघमा आवद्ध गराउने बताएका छन्

को हुन महासचिव पदका उम्मेदवार पौडेल ?  

मेरङको तत्कालिन बयरबन गाविस हाल कानेपोखरी गाउँपालिका मा पिता बिष्णुबहादुर माता पूर्णमाया पौडेलका कोखबाट २०३३ पुस गते जन्मिएका पौडेलले २०५० सालदेखि भद्रपुरमा शिवशक्ति फर्माबाट मेडिकल ब्यवसाय यात्रा तय गरेका हुन्

उनले बिर्तामोड क्षेत्रमा २०५२ सालमा कबिर फार्मेसी, २०६५ सालमा श्री अन्तु फर्मा सेल्स औषधीको थोक पसल सञ्चालन गरिरहेका छन्

मेडिकल ब्यवसायी  पौडेल सहकारीकर्मी पनि हुन् उनी  धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको संस्थापक अध्यक्ष समेत हुन्   १६ बर्ष अध्यक्षको भुमिकामा रहेका उनी हाल सो सहकारीका कार्यकारी प्रमुखको रुपमा कार्यरत छन्

उनी ब्यवसायी मात्र नभएर बिभिन्न सामाजिक तथा धार्मिक संघ/संस्थामा समेत आवद्ध छन्

उनी तारा नमस्ते बालग्रामका संस्थापक सदस्य, लायन्स क्लब अफ अनारमनीका संस्थापक अध्यक्ष, जिल्ला सहकारी संघका सञ्चालक, निर्माणाधिन नागरिक स्वास्थ्य सहकारी अस्पतालका परिकल्पनाकार तथा प्रवन्धक निर्देशक साथै अन्य थुप्रै सामाजिक तथा धार्मिक संघसंस्थामासमेत नेतृत्वदायी भूमिकामा  छन्

उनले ब्यवसायीको हितमा काम गर्न सक्ने उम्मेदवार स्वतन्त्र ब्यवसायीक प्यानलमा भएकाले आफुसहित सम्पूर्ण उम्मेदवारलाई मतदान गरी बिजयी गराउनसमेत सबै मतदाता ब्यवसायीलाई आग्रह गरेका छन्

सम्बन्धित समाचार