२०८३ बैशाख ६ गते , आईतबार

कुन्ती मोक्तानसहित तीन स्रष्टा सम्मानित

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ८ गते , मंगलबार
कुन्ती मोक्तानसहित तीन स्रष्टा सम्मानित

बिर्तामोड झापाको बिर्तामोडमा चर्चित गायिका कुन्ती मोक्तानसहित तीन जना स्रष्टालाई सम्मान गरिएको कुन्तीसँगै वरिष्ठ संगीतकार सिलाबहादुर मोक्तान संगीत प्रशिक्षक कृष्ण योञ्जनलाई सम्मान गरिएको हो

प्रमिस इन्टरटेनमेन्ट प्रालि इन्टरनेशनल तामाङ कल्चरल फाउण्डेसनद्वारा २८६०औँ सोनाम ल्होछारको अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो उनीहरुले सांगीतिक क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर स्वरुप सम्मान गरिएको प्रमिस इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष केवल तामाङले बताए

कार्यक्रमका प्रमुख अतिथी अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन विशिष्ट अतिथी बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सम्मानित व्यक्तित्वहरुलाई खदा सम्मानपत्रले सम्मान गरेका थिए

बिर्तामोडको होटल हेभन ग्राण्डसँगको सहकार्यमा आयोजित कार्यक्रमको सांगीतिक व्यवस्थापन सनलाइट म्युजिक विद्यालयले गरेको थियो कार्यक्रममा गायिका मोक्तानले माथि माथि शैलुङ्गेमा लगायत आधा दर्जन गीत प्रस्तुत गरेकी थिइन्

प्रमिस इन्टरटेनमेन्टका अध्यक्ष केवल तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरु लाई इन्टरनेशनल तामाङ कल्चरल फाउण्डेशनका वरिष्ठ  उपाध्यक्ष तिलक योञ्जनले स्वागत गरेका थिए भने  सचिव सुनिता तामाङले सञ्चालन गरेका थिए कार्यक्रममा सहभागिहरुलाई तामाङ परिकारसमेत खुवाइएको थियो

सम्बन्धित समाचार