२०८३ बैशाख ६ गते , आईतबार

आमाले आगो लगाउँदा ५ बर्षीया छोरीको मृत्यु, आमा गम्भीर

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ५ गते , शनिबार
आमाले आगो लगाउँदा ५ बर्षीया छोरीको मृत्यु, आमा गम्भीर

बिर्तामोड झापाको बुद्धशान्तिमा एक महिलाले पाँच बर्षीया छोरीलाई आफ्नै शरिरमा बाँधेर आगो लगाउँदा छोरीको मृत्यु भएको बुद्धशान्ति की २८ बर्षीया माया रम्तेले बर्षीया छोरी बर्षा बिकसहित आत्मदाह प्रयास गर्दा बर्षाको मृत्यु भएको हो मायाको गम्भीर अवस्थामा बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको

गोपालडाँडाकी मायाले श्रीमान्को परस्त्रीसँग सम्बन्ध रहेको भन्दै शुक्रबारसाँझ साढे आठ बजे छोरीलाई आफ्नै शरिरमा बाँधेर पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको जिप्रका झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार गम्भीर अवस्थाका उनीहरुलाई बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा छोरी बर्षाको शनिबार बिहान निधन भएको हो

घटनास्थलबाट प्रहरीले मायाले लेखेको सुसाइड नोट फेला परेको उक्त नोटमा श्रीमान राजन बिकको परस्त्रीसँग सम्बन्ध रहेका कारण बाध्य भएर यस्तो निर्णय लिनु परेको उल्लेख गरिएको प्रहरीले जनाएको बिहानै ज्यामी काममा निस्किएका राजनलाई बेलुका घर फर्कने क्रममा बुधबारे बजारबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक गिरीले बताए राजनको परिवारमा ८१ बर्षीया आमा सुन्तलीमाया खाती मात्र रहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार