सप्तक संगीत विद्यालयले श्रष्टासम्मानसहित मनायो वसन्त पञ्चमी
बिर्तामोड । बिर्तामोड–५,एकता टोलमा अवस्थित सप्तक संगीत विद्यालयले औपचारिक कार्यक्रम गरी वसन्त पञ्चमी मनाएको छ । सो अवसरमा विद्यालयले पूजा अर्चना गर्नुका साथै श्रष्टा सम्मान तथा सांगितिक कार्यक्रमसमेत गरेको छ ।
विद्यालयले कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका संगीतकार विकाश चौधरीलाई सांगितिक योगदानको कदर गर्दै सम्मान गरेको थियो । राष्ट्रिय शास्त्रीय गायनमा प्रथम हुने सप्तक संगीत विद्यालयका विद्यार्थी प्रशान्त पोख्रेललाईसमेत सम्मान गरिएको थियो ।
विद्यालयका विद्यार्थी सन्दिप सापकोटाले विधिवत मन्त्र उच्चारण गरी सरस्वती पूजा गराएका थिए । कार्यक्रममा सरस्वती वन्दना, स्तोत्र तथा भजनहरु प्रस्तुत गरिएको अभिभावक कमल भट्टराईले जानकारी दिए । अभिभावकहरु लक्ष्मी बास्कोटा, डीआर कडरिया, हरि दियाली, तुलसी भट्टराईलगायत उपस्थित थिए ।
विद्यालयका अभिभावक कुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई विद्यालयका संस्थापक अध्यक्ष सरोज वत्सले स्वागत गरेका थिए भने विद्यालयका संरक्षक डा. कुमार सुवेदीले सञ्चालन गरेका थिए । विद्यालयकी सञ्चालिका सञ्जिवनी पौडेलले कार्यक्रमको संयोजन गरेकी थिइन् ।
ो ।