२०८३ बैशाख ६ गते , आईतबार

निमावि शिक्षकका लागि दरखास्त आह्वान

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २ गते , बुधबार
निमावि शिक्षकका लागि दरखास्त आह्वान

बिर्तामोड । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा आवेदन आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको हो । 
आजैदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ ।  उम्मेदवारहरूले आयोगको दरखास्त अनलाइन पोर्टल  https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ । 
विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट https://www.tsc.gov.np बाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ । 

सम्बन्धित समाचार