२०८३ बैशाख ६ गते , आईतबार

झापामा युवा संघ र प्रेस चौतारीबीच मैत्रीपूर्ण फुटबल हुने

sajilo news
परिवेश मिडिया
२०८० माघ २८ गते , आईतबार
झापामा युवा संघ र प्रेस चौतारीबीच मैत्रीपूर्ण फुटबल हुने

बिर्तामोड राष्ट्रिय युवा संघले फागुनमा गर्न लागेको केपी ओली कपको पूर्व सन्ध्यामा झापामा मैत्रीपूर्ण फुटबल हुने भएको राष्ट्रिय युवा संघ झापा प्रेस चौतारीबीच मैत्रीपूर्ण फुटवलको तयारी भइरहेको झापाका युवा संघका इञ्चार्ज राज आङदेम्वेले जानकारी दिए

आज युवा संघका केन्द्रीय सचिव पर्वतराज भण्डारी, केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज आङदेम्वे, खेलका संयोजक मेरुन योङहाङ, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल उपाध्यक्ष प्रदीप परियार बीच बिर्तामोडमा भएको छलफलले मैत्रीपूर्ण फुटवलको लागि मिति स्थान तय गरेको दुई संगठनबीच अर्जुनधारास्थित सालवारी झिलको फुटबल मैदानमा माघ २९ गते दिउँसो बजे मैत्रीपूर्ण फुटवल गर्ने निर्णय भएको इञ्चार्ज आङदेम्वेले जानकारी दिए युवा संघ झापाको आयोजना अर्जुनधारा नगरकमिटीको स्थानीय व्यवस्थापनका मैत्रीपूर्ण फुटवल आयोजना गरिएको खेल संयोजक मेरुन योङहाङले जानकारी दिए

केपी ओली कपको प्रचारार्थ मैत्रीपूर्ण फुटवलको आयोजना गर्न लागिएको केन्द्रीय सचिव पर्वतराज भण्डारीले जानकारी दिए उनका अनुसार दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ गतेदेखि सुरु हुदैछ प्रतियोगिताको फाइनलवाहेकका अन्य खेलहरु एन्फा टेक्निकल मैदान च्यासलमा खेलाइने  प्रतियोगितामा नेपालको डिभिजन क्लबका अतिरिक्त विदेश टोलीको समेत सहभागिता रहने छन्

प्रतियोगितामा बिजयी टोलीले ११ लाख रुपैयाँ दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ प्रदान गरिने बताइएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले युवा संघले जनाएको

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको भने हरेक खेलको म्यान अफ दी म्याचले पनि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको

सम्बन्धित समाचार