२०८३ बैशाख ६ गते , आईतबार

दानाबारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

sajilo news
परिवेश मिडिया
२०८० माघ २६ गते , शुक्रबार
दानाबारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

बिर्तामोड । इलामको माइ नगरपालिका अन्तर्गत दानाबारीमा माघ २७ गते शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

माइ नगरपालिकाको आयोजनामा माइ अस्पतालमा एक दिने स्वास्थ्य शिविर सञ्चालन हुन लागेको नगरप्रमुख खम्बसिं लिम्बूले जानकारी दिए ।

नगरपालिकाले बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गर्न लागेको जनाएको छ ।

शिविरमा स्वास्थ्य जाँचका साथै निःशुल्क औषधीसमेत वितरण गरिने अस्पतालका व्यवस्थापक ज्ञानु कुवँरले जानकारी दिए । शिविरमा छाती रोग, दमको रोग, पेट दुख्ने, हाडजोर्नी, ढाड दुख्ने, अर्थोपेडिक समस्या, नाक कान घाँटी, चिनी रोग, धेरै मोटोपन, बाथ रोग, छालासम्बन्धि रोग, महिला तथा प्रसुती रोग, मुत्र रोग, बाल रोगसम्बन्धि जाँच गरिने व्यवस्थापक कुँवरले जानकारी दिए ।

शिविरमा आएका बिरामीलाई अस्पतालमा उपचार गर्नु परेमा १५ दिनसम्म ओपीडी शुल्क निःशुल्क गरिने, अपरेशन लगायत अन्य सेवामा १५ प्रतिशत छुट दिइने अस्पताल व्यवस्थापन समितिका सचिव रोमणी भट्टराईले जानकारी दिए ।

शिविरमा विशेषज्ञ डाक्टरसहित अन्य प्राविधिक कर्मचारी सहभागी हुने अस्पतालका प्रशासन कर्मचारी कमल भट्टराईले बताए

सम्बन्धित समाचार