२०८३ बैशाख ६ गते , आईतबार

हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो

sajilo news
परिवेश मिडिया
२०८० माघ २५ गते , विहीबार
हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो

मकवानपुर विगत चार महिनादेखि बन्द हेटौंडा सिमेन्ट उद्योगले गत सोमबारबाट पुनः उत्पादन सुरु गरेको

हेटौंडा सिमेन्ट उद्योगका महाप्रवन्धक वसन्त पाण्डेका अनुसार सोमबार बिहानबाट उद्योगका सम्पूर्ण मेसिन सञ्चालन गरी सिमेन्ट उत्पादन थालिएको हो हेटौंडा मा रहेको उद्योग सञ्चालनका लागि कोइला अभाव हुँदा गत मङ्सिरदेखि उत्पादन ठप्प भएको थियो

उद्योग सञ्चालनका लागि आवश्यक कोइला खरिद गर्न समस्या भएपछि उत्पादन ठप्प भएको महाप्रवन्धक पाण्डेले बताए कोइला सप्लायर्सहरुलाई भुक्तानी दिन नसकेपछि कोइला आपूर्ति बन्द भएर उद्योग नियमित सञ्चालन गर्न नसकिएको उनले बताए

केही दिन अघिमात्र उद्योगले कोइला सप्लायर्सहरुलाई भुक्तानी दिएपछि कोइला आपूर्ति भएको सो कोइलाको प्रयोग गरी उद्योग सञ्चालन गरिएको महाप्रवन्धक पाण्डेको भनाइ

२०४२ मङ्सिर २५ गतेबाट व्यावसायिक उत्पादन थालेको हेटौंडा सिमेन्ट उद्योग १२० बिघा क्षेत्रमा फैलिएको उद्योगको कच्चा पदार्थका लागि मकवानपुरको ओखरे, भैंसे, मजुवा धादिङको जोगिमारामा चुनढुंगा खानी सञ्चालनमा खानी क्षेत्रमा समेत गरी उद्योगको स्वामित्वमा सय ३८ बिघा जग्गा

 

सम्बन्धित समाचार