२०८३ आश्विन १७ गते , शनिबार

महिला सदस्यलाई झापा गोल्डमा ५० प्रतिशत छुट

sajilo news
परिवेश मिडिया
२०८० माघ २२ गते , सोमबार
महिला सदस्यलाई झापा गोल्डमा ५० प्रतिशत छुट

बिर्तामोड । खेलप्रेमी महिलाहरुलाई लक्षित गर्दै झापा गोल्ड कप आयोजक समितिले  सदस्यता विस्तारको अभियानलाई अघि बढाएको छ ।

महिलाहरुका लागि सदस्यता शुल्कमा ५० प्रतिशत गर्ने निर्णय भएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए बस्नेतका अनुसार महिलाहरुलाई सदस्य बन्न ११ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

खेलप्रेमी महिला दिदीबहिनीहरुलाई पनि झापा गोल्ड कपको सदस्य बनाउने उद्देश्यले २१ हजार रुपैयाँ सदस्यता शुल्कमा छुट गर्दै ११ हजार रुपैयाँ मात्रै कायम गरिएको हो ।

छैटौँ संस्करणको तयारीमा रहेको झापा गोल्ड कपको सदस्य संख्या थप गरेर महिला सहभागितालाई प्राथमिकता दिइएको कोषाध्यक्ष केदार गिरीले जानकारी दिए ।

प्रतियोगिताको छैटौँ संस्करण यही फागुन १९ गतेदेखि २८ गतेसम्म डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुँदैछ ।

यो संस्करणमा कम्तिमा एक सय जना महिला सदस्य संख्या बढाउँदै संस्थालाई थप दर्बिलो बनाउने योजना रहेको अध्यक्ष बस्नेतले बताए ।

यसअघि सदस्यता लिइसकेका सदस्यहरुको नवीकरण कार्य पनि जारी रहेको गोल्ड कपको सचिवालयले जनाएको छ ।

सबै सदस्यहरुलाई समयमै सदस्यता नवीकरण गर्न आग्रह गरिएको सचिवालय प्रमुख एवम महासचिव गजेन्द्र पौडेलले जानकारी दिए । 

सम्बन्धित समाचार