२०८३ बैशाख ६ गते , आईतबार

यू–१९ विश्वकप क्रिकेट : आज नेपाल भारतबिच खेल हुँदै

sajilo news
परिवेश मिडिया
२०८० माघ १९ गते , शुक्रबार
यू–१९ विश्वकप क्रिकेट : आज नेपाल भारतबिच खेल हुँदै

झापा दक्षिण अफ्रिकामा जारी आईसीसी यू१९ विश्वकप क्रिकेट प्रतियोगिताकोसुपर सिक्स चरणमा नेपालले शुक्रबार (आज) आफ्नो दोस्रो खेल खेल्दैछ नेपालले आफ्नो दोस्रो खेलमा बलियो टेस्ट राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो खेल नेपाली समय अनुसार, दिउँसो १:४५ बजे सुरु हुनेछ

नेपाल यसअघिसुपर सिक्स चरणको आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो उक्त खेलमा टस जिती पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा अलआउट हुनुअघि एक सय ६९ रन बनाएको थियो जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले २५.२ ओभरमै पाँच विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो

भारतले भनेसुपर सिक्स चरणको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डलाई दुई सय १४ रनको विशाल अन्तरले पराजित गरेको थियो नेपालले यू१९ विश्वकपको उपाधि जित्ने सम्भावना भने यसअघि नै समाप्त भइसकेको

सुपर सिक्स चरणको आफ्नो पहिलो खेल खेल्नुअघि नै नेपाल उपाधि होडबाट बाहिरिएको थियो सुपर सिक्स चरणको मंगलबार सम्पन्न खेलको नतिजापछि नेपाल उपाधि होडबाट बाहिरिएको हो मंगलबार खेलिएको खेलमा भारतले न्युजिल्यान्डलाई दुई सय १४ रन पाकिस्तानले आयरल्यान्डलाई तीन विकेटले हराएका थिए

त्यो नतिजापछि नेपालसँगै न्युजिल्यान्ड आयरल्यान्ड पनि उपाधि होडबाट बाहिरिएका थिए साबिक विजेता भारत, पाकिस्तान, बंगलादेश, न्युजिल्यान्ड, नेपाल आयरल्यान्डसुपर सिक्स चरणको समूहएक मा छन्

उक्त समूहबाट भारत, पाकिस्तान बंगलादेशमध्ये दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् भारत अंकसहित पहिलो, पाकिस्तान पनि अंकसहित दोस्रो बंगलादेश चार अंकसहित तेस्रो स्थानमा छन्

सम्बन्धित समाचार