२०८३ बैशाख ६ गते , आईतबार

डोमालाल रंगशालाको खेलमैदानको स्तरोन्नती हुँदै

sajilo news
परिवेश मिडिया
२०८० माघ १८ गते , विहीबार
डोमालाल रंगशालाको खेलमैदानको स्तरोन्नती हुँदै

बिर्तामोड छैटौँँ संस्करणको झापा गोल्डकप २०८० सुरु हुन एक महिना बाँकी रहँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको

यही फागुन १९ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति मर्मत सुरु गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए

मैदानको झार गोडेर रंगशालालाई पुरानै अवस्थामा पुर्याउन गोडमेल तथा मर्मतको काम सुरु गरिएको हो डोमालाल राजवंशी रंगशाला देशभरका खेल मैदानहरुमध्ये उत्कृष्ट मानिन्छ

खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता नहुने प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाइने बस्नेतले बताए रंगशालामा उम्रिएका अनावश्यक झार उखेल्ने तथा प्राकृतिक घाँस रोप्ने काम थालिएको

रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट पनि निर्माण गरिने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए

सम्बन्धित समाचार