२०८३ बैशाख ६ गते , आईतबार

दुर्गा माविको बार्षिकोत्सवमा शिक्षक भट्टराई सहित दर्जनौँ सम्मानित

sajilo news
परिवेश मिडिया
२०८० माघ १८ गते , विहीबार
दुर्गा माविको बार्षिकोत्सवमा शिक्षक भट्टराई सहित दर्जनौँ सम्मानित

बिर्तामोड झापाको बिर्तामोड नगरपालिका वडा नम्बर , गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयले शिक्षक धर्मेन्द्र भट्टराईसहित दर्जनौँलाई सम्मान गरेको विद्यालयले बुधबार आयोजना गरेको ६८औं बार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरेको हो

उत्कृष्ट बर्ष शिक्षकको रुपमा भट्टराईलाई नगदसहित प्रशंसा पत्र प्रदान गरिएको थियो कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेले उनलाई नगदसहित सम्मानपत्र प्रदान गरेका थिए कार्यक्रममा दीर्घ सेवा सम्मानद्वारा विद्यालयका शिक्षकद्वय कुमार खरेल जनार्दन मिश्रलाई सम्मान गरियो स्थानीय स्वर्गीय खतिया सिंह राजबंशीको स्मृतिमा स्थापित स्वर्गीय खतिया सिंह राजवंशी स्मृति अक्षय कोषको तर्फबाट सोही विद्यालयका शिक्षक निरतलाल राजवंशी देवकोटा आधारभूत विद्यालयकी शिक्षिका टिका चौधरीलाई नगद, प्रमाणपत्र दोसल्लाले सम्मान गरिएको थियो सम्मानित शिक्षकहरूलाई नगद १०,५५५ प्रदान गरिएको थियो

विद्यालयका पूर्व प्रधानाध्यापकहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई दोसल्ला सम्मानपत्रद्वारा सम्मान गरिएको थियो कार्यक्रममा दाता स्वर्गीय खतिया सिंह राजबंशीको परिवारको तर्फबाट श्रीमती सारदा राजबंशी, जग्गादाताहरू मध्येबाट फलिता राजवंशी उत्कृष्ट अभिभावकतर्फ एजमिरा खातुन पूर्व विद्यार्थी आकृति खरेललाई समेत सम्मान गरिएको थियो

सोही कार्यक्रमका बिच नेपाल टेलिभिजनका संवाददाता इन्द्रजित मुखिया सुनुवारलाई उत्कृष्ट शैक्षिक पत्रकार सम्मान द्वारा सम्मानित गरियो

सोही अवसरमा पूर्व प्रधानाध्यापक गुरुभक्त न्यौपानेले लाख ५१ हजारको अक्षय कोष स्थापना गरिदिने घोषणा गरे

विद्यालयमा स्थापित १० वटा छात्रवृत्तिहरू विभिन्न विद्यार्थीहरूलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको पहिलो दिन कोशी प्रदेशका सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रादेवी महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार बिक, शिक्षा शाखा बिर्तामोड प्रमुख तिलचन भण्डारी, पूर्व प्रधानाध्यापक गुरुभक्त न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्रधानाध्यापक लक्ष्मण शिवाकोटीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरे शिक्षक तथा विद्यार्थीद्वारा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको उक्त समारोहमा सहायक प्रधानध्यापक लेखनाथ सुवेदीले स्वागत मन्तव्य गरेका थिए भने शिक्षकद्वय धर्मेन्द्र भट्टराई उमानाथ भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए

सम्बन्धित समाचार