२०८३ बैशाख ६ गते , आईतबार

आगामी बर्षका लागि बजेट निर्माण प्रक्रिया शुरु

sajilo news
परिवेश मिडिया
२०८० माघ १७ गते , बुधबार
आगामी बर्षका लागि बजेट निर्माण प्रक्रिया शुरु

काठमाण्डौ सरकारले माघको तेस्रो सातादेखि नै आगामी आर्थिक वर्ष ( २०८१/०८२) को बजेट निर्माण प्रक्रिया अघि बढाएको अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया सुरु गर्दै स्रोत व्यवस्थापन समितिको बैठक आयोजना गरेको हो

सरकारले आगामी आर्थिक वर्षदेखि फरक ढङ्गको बजेट निर्माण गर्ने लक्ष्यसहितबजेट क्यालेन्डर नै फेरेको अध्यादेशमार्फत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई सरकारले संशोधन गरिसकेको

बजेट निर्माण प्रक्रिया माघदेखि नै थाल्ने फागुन मसान्तभित्र संसदमा प्राथमिकता सिद्धान्तमाथि छलफल सुरु गर्ने योजनामा सरकार

यसका लागि अध्यादेशमार्फत ऐन संशोधन गरेर समग्र बजेट निर्माण प्रक्रिया अघि बढाइएको जेठ १५ गतेमात्रै संसदमा बजेटको प्राथमिकता सिद्धान्तमाथि छलफल थाल्नु प्रभावकारी हुन सकेको थिएन यो प्रक्रियामार्फत संसदमा देखावटी प्रक्रिया पूरा गर्नका लागि मात्रै बजेट प्रस्तुत हुन्थ्यो अहिलेसम्मको बजेटमा सांसदहरुले दिएको सुझाव समेत समेटिएको छैन

तर, बजेट क्यालेन्डर फेरेपछि भने फागुन मसान्तमै प्राथमिकता सिद्धान्तमाथि छलफल सुरु हुने अर्थमन्त्री डा. प्रकाशशरण महत बताउँछन् जेठ १५ मा बजेट पेस हुन्छ त्यसको एक साता अघिमात्रै आर्थिक सर्वेक्षण सार्वजनिक हुन्छ,’ अर्थमन्त्री डा. महत भन्छन्, ‘नीति तथा कार्यक्रम पनि प्रक्रिया पूरा गर्नमात्रै आउँछ बजेटमा कुनै विषय समेटिँदैनन्

यी सबै प्रक्रियागत व्यवस्थालाई अघि सारेर आगामी वर्षदेखि वास्तविक बजेट ल्याउने अर्थमन्त्रीको भनाइ

यसका लागि फागुन मसान्तमै संसदमा बजेट पेस गर्ने चैत १५ गतेभित्र संसदको सुझाव अर्थ मन्त्रालय आइसक्नुपर्ने व्यवस्था गरिएको यसका लागि योजना आयोगले फागुनको पहिलो साताभित्रै अर्थ मन्त्रालयलाई बजेटको सिलिङ पठाइसक्नुपर्ने हुन्छ , फागुनको पहिलो साता सिलिङ पठाउने गरी योजना आयोगले काम गर्नका लागि स्रोत व्यवस्थापन समितिको पहिलो बैठक माघ मध्यसातामा बसिसक्नुपर्ने नयाँ व्यवस्था

स्रोत व्यवस्थापन समितिले माघ मसान्तसम्ममा आगामी वर्षको बजेटको सिलिङ तय गर्नेछ यसका लागि मङ्गलबार स्रोत व्यवस्थापन समितिको बैठक बसेको हो बैठकमा सबैजसो विषयगत मन्त्रालयका सचिवको उपस्थिति रहेको मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिए

उनले अर्थ मन्त्रालयमा आयोजित स्रोत व्यवस्थापन समितिको बैठकमा सबैजसो मन्त्रालय बजेट विनियोजन हुने अधिकांश निकाय सहभागी भएको बताए

अर्थमन्त्रीसहितको बैठक आज मन्त्रालयमै बस्यो,’ शर्माले भने, ‘यो स्रोत व्यवस्थापन समितिको पहिलो बैठक हो यो बैठकसँगै आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया विधिवतरुपमा अघि बढेको शर्माले बताए

सम्बन्धित समाचार