२०८३ बैशाख ६ गते , आईतबार

थुनुवासँगै फरार प्रहरी काँकरभिट्टाबाट पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० माघ १३ गते , शनिबार
थुनुवासँगै फरार प्रहरी काँकरभिट्टाबाट पक्राउ

बिर्तामोड लागूऔषध मुद्दामा थुनामा रहेका एकजना भारतीय नागरिकलाई हिरासतबाट भगाएर आफू पनि फरार भएका प्रहरी जवान बीरबल राय यादव १६ वर्षपछि झापाको काँकडभिट्टाबाट पक्राउ परेका छन्

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपाल भारत सीमाको काँकरभिट्टा नाकाबाट माघ ११ गते बिहीबार यादवलाई पक्राउ गरेको हो

यादवलाई काठमाण्डौ प्रहरी परिसर लगिएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए यादवले रौतहट प्रहरीको हिरासतबाट लागूऔषध मुद्दाका अभियुक्त भारतीय नागरिक असरफ आलमलाई २०६४ सालमा भगाएका थिए

अभियुक्त आलमबाट यादवले लाख रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको उक्त रकमबाट यादवले भारतको कलकत्तामा दुईवटा ट्याक्सी खरिद गरी चलाउन सुरु गरेको प्रहरीले जनाएको

प्रहरी उपरीक्षक रेग्मीका अनुसार भारतको आधार कार्ड, भोटर कार्ड ड्राइभिङ लाइसेन्स समेत भने नौवटा ट्याक्सी रहेका छन्

सम्बन्धित समाचार