२०८३ बैशाख ६ गते , आईतबार

झापा गोल्डकपको पुरस्कार राशी वृद्धि, विजेताले १३ र उपविजेताले ७ लाख पाउने

sajilo news
परिवेश मिडिया
२०८० माघ ९ गते , मंगलबार
झापा गोल्डकपको पुरस्कार राशी वृद्धि, विजेताले १३ र उपविजेताले ७ लाख पाउने

बिर्तामोड झापा गोल्डकपले पुरस्कार राशी वृद्धि गरेको विजेताले १३ उपविजेताले लाख रुपैँया प्राप्त गर्ने आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो

बिर्ताबजारको डोमालाल राजवंशी रङ्गशालामा हुने प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत खेलाडीले पाउने पुरस्कार यो वर्ष बढाइएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए पाँचौ श्रृङ्खलाको पुरस्कार राशीमा ५० हजार रुपैँया वृद्धि गरिएको उनले बताए त्यस्तै, मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिने महासचिव गजेन्द्र पौडेलले जानकारी दिए

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् प्रत्येक खेलको प्लेयर अफ म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन्

छैटौँ झापा गोल्डकप आगामी फागुन १९ देखि २८ गतेसम्म सञ्चालन हुनेछ  

सम्बन्धित समाचार