२०८३ बैशाख ६ गते , आईतबार
श्रीमतीको शंकास्पद मृत्यु भएको भन्दै श्रीमान पक्राउ
बिर्तामोड । झापाको कमल गाउँपालिकामा श्रीमतीको शंकास्पद मृत्यु भएको भन्दै श्रीमान पक्राउ परेका छन । कमल गाउँपालिका-५ का धन बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
माघ ७ गते बेलुका ४ बजे बिककी ४९ बर्षीया श्रीमती अम्बिका बिक घर भित्र मृत फेला परेकी थिइन । पहिला उनको कालगतीले मृत्यु भएको भनिएपनि सोमबार स्थानीयले उनको मृत्यु शंकास्पद रहेको भनी प्रहरीलाई खबर गरेका थिए ।
धनबहादुरलाई अनुसन्धानका लागि पक्राउ गरि इप्रका दमकमा राखिएको र मृतकको शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।