२०८३ आश्विन १६ गते , शुक्रबार

बीपीको उपकुलपति कार्यकक्षमा मेयर साम्पाङ आफैँले लाए ताला

sajilo news
परिवेश मिडिया
२०८० माघ २ गते , मंगलबार
बीपीको उपकुलपति कार्यकक्षमा मेयर साम्पाङ आफैँले लाए ताला

बिर्तामोड । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सोमबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीको कार्यकक्षमा आफैँले ताला लगाएका छन् ।

बिपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै मेयर साम्पाङ सोमबार एक्लै मोटरसाइकल चढेर प्रतिष्ठानमा पुगेका थिए ।

साम्पाङले ताला लगाउँदै भने, ‘बिपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगरुन्, आवश्यक परेका बेला म आफैँ आएर खोल्छु ।’

मेयर साम्पाङले बिपी प्रतिष्ठानलाई धराशायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने भन्दै तालाबन्दी गरेको कर्मचारीहरूले बताए ।

उनी उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेर उपमहानगर कार्यालयमा फर्किए ।

 

सम्बन्धित समाचार