२०८३ आश्विन १६ गते , शुक्रबार

सारमन श्रीको ‘ममता लै बरीमाया लै’ सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०८० पौष २९ गते , आईतबार
सारमन श्रीको ‘ममता लै बरीमाया लै’ सार्वजनिक

बिर्तामोड । गायक सारमन श्री ल्वागुनको पहिलो एल्बम ‘ममता  लै बरीमाया लै’ सार्वजनिक भएको छ । सन्तोष बीसीको शब्द संगित रहेको म्युजिक भिडियोमा सारमन श्री र स्थानीय कलाकार दिक्षा सेन्च्युरीको अभिनय रहेको छ ।

शनिबार सार्वजनिक गरिएको एल्बममा लै बरीमाया लै बोलको गितमा सारमन श्री ल्वागुनको एकल स्वर रहेको छ ।

आफ्नो कला र गलालाई भगवानको बरदानका रूपमा लिने सारमन पछिल्लो समय गीत संगितको क्षेत्रमा आफुलाई चिनाउने प्रयासमा रहेका छन् । हाल काठमाडौ बसेर उनले संगीत पाठशालामा  संगीतको अभ्यासला्रई निरन्तरता दिइरहेका छन् । उनले पछिल्लो समय आफ्नै स्वरमा निदरी र दसै आयो तिहार आयो बोलको म्युजिक भिडियो समेत सार्बजनिक गरेका छन् । काठमाण्डौमा श्री संगीत पाठशालामा चण्डी प्रसाद काफ्लेबाट संगीतको अभ्यास गरिरहेका  उनले हाल सम्म गायन र नृत्यका धेरै उपाधि प्राप्त गरिसकेका छन् । साथीभाई, आफन्त, शुभचिन्तकहरुको प्रेरणाबाट सांगीतिक यात्रा सुरु गरेका गायक सारमनले विद्यालय पढ्दा देखिनै विभिन्न स्टेज कार्यक्रमहरुमा गाउने गरेका थिए ।

सम्बन्धित समाचार