२०८३ बैशाख ६ गते , आईतबार

प्रधानमन्त्री कप क्रिकेट आजेदेखि शुरु

sajilo news
परिवेश मिडिया
२०८० पौष २८ गते , शनिबार
प्रधानमन्त्री कप क्रिकेट आजेदेखि शुरु

झापा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु भएको

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने यस प्रतियोगिता घरेलु क्रिकेटकै ठूलो प्रतियोगिता हो

एकदिवसीय फम्र्याटमा हुने प्रतियोगितामा सात प्रदेश तीन विभागीय गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन्

यसपटक राउण्ड रोविन लिगमा यस प्रतियोगिता हुनेछ जसले गर्दा हरेक टोलीले कम्तीमा खेल खेल्न पाउनेछन्

लिग चरणमा कुल ४५ खेल हुनेछ त्यसपछि शीर्ष दुई टोलीले सीधै फाइनल खेल्नेछ

अर्को यसपटक प्रतियोगिता उपत्यका बाहिरसमेत हुनेछ कुल मैदानमा खेलाइनेछ

जसमा काठमाडौंको टीयू मैदान मुलपानी मैदान तथा भैरहवाको सिद्धार्थ क्रिकेट मैदान छन्

पहिलो दिन तीन खेल सुरु भएका छन् उद्घाटन खेल नेपाल पुलिस क्लब बागमती प्रदेशबीच टीयू मैदानमा सुरु भएको

यस्तै कोशी मधेश प्रदेशबीच मुलपानी मैदानमा खेल हुनेछ भने लुम्बिनी गण्डकी प्रदेशबीच सिद्धार्थ मैदानमा तय भएको सिद्धार्थ मैदानमा हुने खेल भने मौसमका कारण केही ढिला भएको

नेपाल यू१९ राष्ट्रिय क्रिकेट टोली हाल यू१९ विश्वकपका लागि दक्षिण अफ्रिकामा रहेकोले देव खनाल, गुल्शन झा, आकाश चन्द, दिपेश कँडेल जस्ता खेलाडी प्रधानमन्त्री कपमा देखिने छैनन्

सम्बन्धित समाचार